+
+
Shares

लिम्बु पहिरनमा यस्तो फेशन शो

धरानको सैनिक भवनमा भएको पदम निशा सांगीतिक साँझमा फेशन शो, गायन र नृत्य प्रस्तुत भयो । परम्परागत पहिरनलाई आधुनिकीकरण गर्दै डिजाइनर कल्पना योङहाङ लिम्बुले तयार पारेका डिजाईनहरुको फेशन शोमा मिस लिम्बुको सिजन एक र दुईका सहभागी युवतीहरु र स्थानिय मोडलहरु प्रस्तुत भए ।

मिस लिम्बुकी मिस ट्यालेन्ट निशा पोमूको कोरियोग्राफीमा भएको फेशन शोमा रेखा फागो, कुन्नी हाङस्रोङ, रुपा आङबुहाङ, शुष्मा तुम्बापो, दिव्या चेम्जोङ, शोभा साँवा, मञ्जु थेवे, एसिका सम्बाहाङफे, हिमालराज कन्दङ्वा, मदन राई, अर्विन पोमू, सुरतान लिम्बु, प्रदीप लिम्बु, रिन्छेन स्याङ्वो, अजीत योङ्या, मणि चाम्लिङ, नरेन लिम्बु, निर्भिक राई र पदम लिम्बु र्‍याम्पमा उत्रिएका थिए । फेशन शो मा निर्देशक लोकेन साँवा र कोरियोग्राफर निशाले लिम्बु बेहुला बेहुलीको पहिरन प्रदर्शन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २६ गते १३:२२

limbu-fashion
गोपाल दाहाल
परम्परागत रुपमा लिम्बु जातिले लगाउने पहिरन तागाबा र मेख्लीसहित आधुनिक डिजाईन दिइएका ढाका पहिरनको फेशन शो धरानमा सम्पन्न भएको छ ।

धरानको सैनिक भवनमा भएको पदम निशा सांगीतिक साँझमा फेशन शो, गायन र नृत्य प्रस्तुत भयो । परम्परागत पहिरनलाई आधुनिकीकरण गर्दै डिजाइनर कल्पना योङहाङ लिम्बुले तयार पारेका डिजाईनहरुको फेशन शोमा मिस लिम्बुको सिजन एक र दुईका सहभागी युवतीहरु र स्थानिय मोडलहरु प्रस्तुत भए ।

मिस लिम्बुकी मिस ट्यालेन्ट निशा पोमूको कोरियोग्राफीमा भएको फेशन शोमा रेखा फागो, कुन्नी हाङस्रोङ, रुपा आङबुहाङ, शुष्मा तुम्बापो, दिव्या चेम्जोङ, शोभा साँवा, मञ्जु थेवे, एसिका सम्बाहाङफे, हिमालराज कन्दङ्वा, मदन राई, अर्विन पोमू, सुरतान लिम्बु, प्रदीप लिम्बु, रिन्छेन स्याङ्वो, अजीत योङ्या, मणि चाम्लिङ, नरेन लिम्बु, निर्भिक राई र पदम लिम्बु र्‍याम्पमा उत्रिएका थिए । फेशन शो मा निर्देशक लोकेन साँवा र कोरियोग्राफर निशाले लिम्बु बेहुला बेहुलीको पहिरन प्रदर्शन गरे ।

limbu-fashion-1 limbu-fashion-2
मोडल सम्झना राईको आकर्षक उद्घोषणमा भएको कार्यक्रममा दोस्रो ताप्लेजुङ आईडल पदम राईको एकल गायन प्रस्तुती समेत समावेश थियो । रिप|mेश व्युटीपार्लर धरान ९ को आयोजनामा भएको कार्यक्रममा मोडल कला सुब्बा प्रमुख अतिथी थिईन् ।

लिम्बु परिहनमा प्रस्तुत भएकी कलाले युवापुस्तालाई आफ्नो परम्परागत पहिरनप्रति आकर्षण गराउन यस्ता सांस्कृतिक फेशन शो आवश्यक रहेको बताईन् । कार्यक्रममा कार्यक्रम संयोजक निशा पोमूसँगै मुनलाईट डान्स सेन्टरका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।limbu-fashion-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?