२६ माघ, बुटवल । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीको टोलीले अबैध रुपमा नेपाल भित्राउँदै गरेको १५ लाख बढी रुपैयाँ बराबरको प्रतिबन्धित कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी कमल तिम्सीना नेतृत्वको टोलीले नवलपरासीको रामग्राम नगरपालिका १ बाट ३ सय ६६ कार्टुन चल्ला बरामद गरेको हो । यो बरामद भएको हालसम्मकै धेरै परिमाणको चल्ला हो ।
बरामद चल्लाको बजार मूल्य नेपालमा १५ लाख ३७ हजार २ सय रुपैयाँ रहेको जिल्ला पशु क्वाराइन्टाइन चेकपोस्ट बेलहियाका प्रमुख डा. हरिबहादुर कुवँरले बताए ।
भारतबाट पंक्षी र पंक्षीजन्य पदार्थ नेपाल ल्याउन सरकारले प्रतिवन्ध लगाएको छ । तर, खुला सिमानाको फाइदा उठाउँदै तस्करहरुले नेपालमा अवैधरुपमा भित्राउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4