Comments Add Comment

केजरीवाललाई मल्लिका शेरावतको हिरो बन्ने प्रस्ताव !

kejriwal-and-mallika

मुम्बई । यतिबेला दिल्ली बिधानसभा चुनावको नतिजा आउन सुरु गरिसकेको छ । एक्जिट पोल सर्वेक्षणलाई मान्ने हो भने आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल दिल्लीमा पुनः मुख्यमन्त्री बनेर आउने सम्भावना बढी छ ।

तर, यिनै केजरीवाललाई बलिउडकी हट नायिका मल्लिका शेरावतको हिरोका रुपमा देख्नुभएको भए ? यो कुनै कोरा कल्पनाको कुरा हैन, झण्डै यर्थाथमा बदलिएको एउटा घटनाको अंश हो ।

यदि तीन वर्ष पहिलेको प्रस्ताव मानेको भए केजरीवाल केही हप्तापछि नै हलभरि हिरोका रुपमा देखिने थिए । उनको तस्बिर छापिएको पोष्टर दिल्लीको भित्तामा नभएर मल्टिप्लेक्स हलमा टांगिएको हुनसक्थ्यो ।

सन् २०११/१२ मा अन्ना आन्दोलनपछि केजरीवालको लोकपि्रयता चुलिएको बेला निर्देशक केसी बोकाडियाले उनलाई हिरो बन्ने प्रस्ताव राखेका थिए । नायिका मल्लिका शेराबतको जोडी बनेर ‘डर्टी पोल्टिक्स’ मा अभिनय गर्ने प्रस्ताव राखेका थिए निर्देशक बोकाडियाले ।

केजरीवालले उक्त प्रस्ताब अस्वीकार गर्दै आफु राजनीतिक ब्यक्ति बनेकाले पुरा समय राजनीतिलाई दिनुपर्ने बताएका थिए । निर्देशक बोकाडियालाई केजरीवालले यो पनि सल्लाह दिएका थिए ‘यदि तपाई अन्नाको आन्दोलनमाथि फिल्म बनाउनुहुन्छ भने म पुरै सहयोग गर्न तयार छु ।’

केजरीवालको चाहना थियो- अन्नामाथी फिल्म बनोस् र सन् २०१३ मा हुने चुनाब अगाडी नै यसको प्रदर्शन होस् । तर, बोकाडियाले केजरीवालको प्रस्ताव मानेनन् । तर, डर्टीपोल्टिक्स का लागि भने बोकाडियाले पटक-पटक केजरीवाललाई सम्पर्क गरेर मनाउने कोसिस गरे ।

फोन सम्पर्कपछि बोकडियाले ईमेल गरेर पनि केजरीवाललाई सम्पर्क गर्ने प्रयाश गरेका थिए । ‘डर्टीपोल्टिक्स’ मा नसीरुद्दीन शाहले पत्रकारको भुमिका निर्वाह गरेका छन् ।

बोकडियाले केजरीवाललाई त्यही भुमिका दिन चाहेका थिए । ‘म केजरीवालको भ्रष्टाचार बिरुद्धको लडाईवाट प्रभावित थिएँ र उनलाई एक ईमान्दार पत्रकारको रुपमा पर्दामा प्रस्तुत गर्न चाहेका थिए ।’ उनले भने ।

तर, यतिबेला उनी फिल्ममा हैन चुनाव लडेरै हिरो बनेर दिल्लीको मुख्यमन्त्री बन्ने तरखरमा छन् । भारतीय राजनीतिमाथि बनेको डर्टी पोलिटिक्स केही समयपछि प्रर्दशन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment