Comments Add Comment

‘डान्स चितवन डान्स’मा घन्कियो ‘प्रेम दिवस’

ajai-pani
फागुन १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’को प्रचार आक्रमक रुपमा भैरहेको छ । सोमबार चितवनको सबैभन्दा ठूलो रियालिटी शो ‘डान्स चितवन डान्स’मा यो चलचित्रले आफ्नो सहभागीता जनाएको छ ।

यो रियालिटी शोको फाइनलमा निर्माता पूनम गौतम, नायक तथा निर्माता सुदर्शन थापा, नायिका पूजा शर्मा, गायक तथा संगीतकार हरी लम्साल पुगेका थिए । गायक तथा संगीतकार हरी लम्सालले चलचित्रको चर्चित गीत ‘प्रेम दिवस’ गाएका थिए । निर्माता पूनम गौतमले आफू पनि चितवनकी छोरी भएकाले सिंगो चितवनलाई नै फागुन १५ मा चलचित्र हेरिदिन आग्रह गरिन् ।

नायिका पूजा शर्माले फागुन १५ मा हलसम्म दर्शक आउने विश्वास व्यक्त गरिन् । स्वर्गिय निर्देशक आलोक नेम्वाङको अन्तिम चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल लगायतका कलाकारको अभिनय छ । ramkrishna-jitu-and-grihend

यो रियालिटी शोमा गायक रामकृष्ण ढकाल, हाँस्यकलाकार जितु नेपाल, निर्माता तथा व्यवसायी गृहेन्द्र घिमिरे, गायक तथा संगीतकार टंक बुढाथोकीको उपस्थिती थियो । सोसिजेनस मिडिया प्रालीले आयोजना गरेको यो रियालिटी शोमा १४ बर्ष मुनिको विजेता एन्जिलिना बराली भइन् भने १४ बर्ष माथिको विजेता अस्मिता सेन्चुरी भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment