+
+
Shares

ल्यारक्याललाई सभासद बनाएपछि एमाओवादीमा विवाद चर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते ९:४०
laharcal-lama
ल्यारकाल लामा

२७ माघ, काठमाडौं । विवादास्पद छविका ल्यारक्याल लामालाई सभासद बनाएपछि एमाओवादी भित्रभित्रै सल्किएको आक्रोशको आगो आज बाहिर सार्बजनिक हुँदैछ । यसअघि पार्टी भित्र र सामाजिक सन्जालहरुमा विरोधका अभिव्यक्ति आएका थिए ।

एमाओवादी नेता प्रभु साहले सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्बजनिक गर्न लागेका हुन् ।

साहले आफू निकटका पत्रकारहरुलाई टेलिफोन गरी पत्रकार सम्मेलमा बोलाएका छन् । ‘लामालाई पार्टीले सभासद बनाएको विषयमा छलफल गर्नु छ आउनुहोला है,’ साहले पत्रकारहरुलाई भनेका छन् । पत्रकार सम्मेलन दिउँसो साढे ३ बजे हुने साहले बताएका छन् ।

एमालेबाट एमाओवादीमा प्रवेश गरेका लामालाई एमाओवादीले आइतबार सभासद बनाएको थियो । जनयुद्ध, जनआन्दोलनमा त्याग र बलिदान गरेकाहरुलाई बेवास्ता गर्दै दोहोरो नागरिकता लिएको भनेर विवादमा मुछिएका लामालाई सभासद बनाइएको भन्दै एमाओवादी भित्र असन्तुष्टि चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?