Comments Add Comment

युनाइटेड नेवा: यूएसएको परिचयात्मक कार्यक्रम सम्पन्न

Newa_USAविकास राज न्यौपाने

अमेरिका । युनाइटेड नेवा: यूएसएको पहिलो परिचयात्मक कार्यक्रम अमेरिकाको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रको भवनमा सम्पन्न भएको छ ।

डालस सहरका समाजसेवी तथा चिकित्सक डा. भाजु संजिव श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा वर्ल्ड नेवा ओर्गनाइजेशनका संस्थापक सदस्य भाजु सिजन श्रेष्ठ, नेवाः पुरोहित भाजु  बासव राजोपाध्याय तथा नेवा: भाषाका विज्ञ भाजु देवदास मानन्धर लगायतको उपस्थिति थियो ।

अतिथिहरुलार्इ युनाइटेड नेवा: यूएसएका सल्लाहकार  डा. भाजु संजिव श्रेष्ठले टेक्सासको टोपी (Cowboy Hat) तथा सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

संस्थाका संस्थापक तथा मिसा: पुच: का सदस्य मयजु रोजना बनेपालीले स्वागत मन्तब्य तथा कार्यक्रमको सञ्चालन युनाइटेड नेवा: यूएसएका महासचिव भाजु स्वयम्भू शाक्यले गरेका थियो । कार्यक्रमको सुरुवात धिमे बाजा बजाएर सुरु भएको थियो ।

नेपाल भाषाको प्रबर्धन तथा संस्कृतिको विकास गर्ने उद्देश्यले डालस फोर्टवर्थ तथा यस सहर वरपर रहेका नेपालभाषी जनसमुदायलाइ केन्द्रित गरी संस्था स्थापना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment