Comments Add Comment

नयाँ अनुहार लिएर फिल्म निर्माणमा छिर्दै सलमान

suraj-and-athiya

बलिउड सुपरस्टार सलमान खान अन्ततः फिल्म निर्माणमा प्रवेश गर्ने भएका छन् । अहिलेसम्म आफ्ना भाइहरुले निर्माण गर्दै आएका फिल्ममा अभिनय गरिरहेका सलमानले अब आफैं निर्माण थाल्दैछन् ।

सन् १९८३ मा बनेको चर्चित फिल्म ‘हिरो’को रिमेक भर्सन लिएर केही महिनापछि उनी दर्शकमाझ आउनेछन् । ३ जुलाईमा रिलिज हुने फिल्मलाई निखिल आडवानीले निर्देशन गरेका छन् ।

यही फिल्ममार्फत् सलमानले दुई नयाँ कलाकारलाई ब्रेक दिँदैछन् । हिरोका रुपमा आउँदैछन् सुरज पञ्चोली जो नायिका जिया खानको आत्महत्या काण्डमा प्रहरीद्वारा पक्राउ परेपछि चर्चामा आएका थिए ।

सुरज र जिया लामो समयसम्म अफयेरमा थिए । सुरजको यातनाकै कारण जियाले आत्महत्या गरेको भन्दै उनकी आमाले किटानी जाहेरी दिएपछि सुरजलाई पक्राउले पक्राउ गरेको थियो । तर, अभियोग प्रमाणित नभएपछि उनी रिहा भएका थिए ।

जिया आत्महत्या प्रकरणको दुई बर्षपछि उनै सुरज बलिउडमा प्रवेश गर्दैछन् । उनीसँगै कुनै बेलाका चर्चित नायक सुनिल सेठ्ठीकी छोरी अथिया सेठ्ठीले पनि डेब्यु गर्दैछिन् । सुरज बलिउडका चर्चित कलाकार आदित्य पञ्चोलीका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment