+
+
Shares

नेपाली फिल्म ‘हिमालयन गोल्ड’ लाई एए फिल्म्सले भारतमा प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १८:४१

१९ असोज, काठमाडौं । भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले नेपाली फिल्म हिमालयन गोल्ड भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो ।

धिराज राजवंशी निर्देशित फिल्म आउँदो मंसीर पाँच गतेबाट प्रदर्शनमा आउँदैछ । दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको यो अन्तिम फिल्म हो । यसमा थापासहित राहुल एन । मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय छ । हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ।

निर्माण टिमले सम्पूर्ण दर्शकलाई नेपाल र भारतका सिनेमा घरहरूमा उपस्थित भएर ‘हिमालयन गोल्ड’ को हिस्सा बन्न विशेष आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?