भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस आउन अझै ३ दिन बाँकी छ । तर, मोडल वर्षा शिवाकोटी र मोडल निराजन प्रधानले प्रेम दिवसको मज्जा लिईसकेका छन् ।
उनीहरुले प्रेम दिवसको मज्जा धुलिखेल पुगेर लिए । धुलिखेलमा रहेको काठमाडौ युनिभर्सीटि अगाडीको खुल्ला चौरमा वर्षा र निराजनले मस्तले प्रेम दिवस मनाएको जानकारी दिए म्युजिक भिडियो निर्देशक कृष्णदेब रुपाखेतीले ।
कृष्णदेबले निर्देशन गरेको भिडियोमा अभिनय गर्ने क्रममा उनीहरुले प्रेमदिवस मनाएका थिए । शेखर ढुंगेलको एल्बम ‘कुनै दिन’ मा रहेको ‘घामसँग किरण’ बोलको गीतको सुटिङ तीन दिन अघि गरिएको थियो ।
टिका भण्डारीको संगीत रहेको उक्त गीतमा मनोजराज र प्रविशा अधिकारीले स्वर दिएका छन् । निर्देशक कृष्णदेबका अनुसार अमेरिका निवासी गीतकार ढुंगेल समाज सेवामा पनि सक्रिय छन् । दुईसय बढी भिडियो निर्देशन गरेका कृष्णदेबले भिडियो राम्रो बनेको बताए ।