नेपाली चलचित्रलाई दिईने विभिन्न प्रकारका प्रमाणपत्रका बिषयमा चलचित्र सेन्सर बोर्ड विवादमा फस्दै आएको छ । ‘ए’ अर्थात एडल्ट सर्टिफिकेट दिइएका कतिपय चलचित्रका दृश्यहरुलाई काट्ने गरेको पाइन्छ । दृश्य काटेर ‘एडल्ट’ सर्टिफिकेट दिनुको औचित्य के त, चलचित्रकर्मीहरु प्रश्न गर्ने गर्छन् ?
हालै मात्र चलचित्र ‘झिग्राना’को एक बेडसिनलाई पनि चलचित्र सेन्सर बोर्डले पास गरेन । चलचित्रको यो दृश्यमा कलाकार निकुन श्रेष्ठ र मेनुका प्रधान वेडसिनमा रमाएका छन् । यो बेडसिनलाई कलात्मक ढंगले खिचिएको दाबी यसको निर्माणपक्षको छ ।
तर, यो बेडसिनलाई काटेर चलचित्र सेन्सर बोर्डले ‘झिग्राना’लाई ‘एडल्ट’ सर्टिफिकेट दिएको छ । चलचित्रलाई १६ बर्षमुनिका कसैले पनि नहेर्नु भनेको छ सेन्सरले । तर, चलचित्रमा समावेश केही यस्ता दृश्य काटेर ‘एडल्ट’ सर्टिफिकेट दिनुको औचित्य के त, यसको निर्माणपक्ष प्रश्न उठाउँछ ?
फागुन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले एक गाउँमा अनुसन्धानका लागि पुगेका एक टोलीको कथालाई देखाएको छ । उनीहरुको रहस्यमय निधनलाई विभिन्न कोणबाट देखाउन खोजेको चलचित्रलाई पासाङ लामाले निर्देशन गरेका हुन् ।
चलचित्रमा समावेश निकुन र मेनुकाको वेडसिनको दृश्यलाई हटाउनु पर्ने कारण केही नभएको तर्क निर्माणपक्षको छ । चलचित्रमा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय छ ।
यो दृश्यलाई काटेर ‘एडल्ट’ सर्टिफिकेट दिनु कत्तीको उचित होला या नहोला, तपाईले आफ्नो कमेन्ट तल लेख्न सक्नुहुनेछ ।
प्रतिक्रिया 4