+
+
Shares

प्रधानमन्त्रीले भने-जुनसुकै त्याग गर्न तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १४:३८

२९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले जस्तोसुकै त्याग गरेर भए पनि राजनीतिक दलहरुबीच संवादको वातावरण तयार पार्ने प्रतिबद्धता जनाएका छन् ।

Sushil Koirala 5

संविधानका विवादित विषयमा सहमतिको प्रयास गर्न भनेर संविधानसभा बैठक अनिश्चितकालको लागि स्थगित भएकै दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाबाट यस्तो प्रतिबद्धता आएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विहीबार नागरिक समाजका अगुवासँग कुरा गर्दै उनले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको प्रष्ट्याए ।

भेटमा सहभागी निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले भने, ‘प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोड्ने भन्नु भएको छ ।’

वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग वार्तामा बसेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आफूहरुले आग्रह गरेको पोख्रेलले जानकारी दिए ।

प्रधानमन्त्रीलाई भेट्नुअघि विहीबार नै नागरिक समाजका अगुवाहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई लाजिम्पाटस्थित निवासमा भेटेर संवाद सुरु गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?