+
+
Shares

एलपी ग्यासको विकल्पमा बायोग्यासको प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १ गते १०:५४

१ फागुन, म्याग्दी । बजारमा खाना पकाउने एलपी ग्यासको हाहाकार बढिरहेका बेला म्याग्दीका महिलाको बायोग्यासतर्फ आकर्षण बढ्दै जान थालेको छ । धुँवारहित वातावरणमा छिटो खाना बनाउन र पकाउन सजिलो हुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो ।

जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसलगायत ३८० घरमा चर्पी जडित बायोग्यास निर्माण भएका छन् । सिङगा गाविस-३ सुर्केमेलाकी डम्बरकुमारी रानाको घरमा हिजोआज चर्पीजडित ग्यासबाट खाना पाक्ने गरेको छ ।

रानाजस्तै पश्चिमी भेगका करिब ४०० गृहिणीले बायोग्यासबाट खान पकाउन थालेका छन् । जिल्ला ऊर्जा तथा वातावरण शाखाले दुई हजार ५०० प्रतिप्लान्ट अनुदान दिने भएकाले चर्पी जडित बायोग्यास प्लान्टको माग बढ्दो छ ।

गाउँमा चर्पी जडित बायोग्यासको प्रयोगमा वृद्धि भएको छ । ग्यासको निर्माणले खाना पकाउन र बत्ती बाल्न सजिलो भएको छ । गाउँमा जथाभावी वन फँडानी गर्न नपाइने भएपछि दाउरालगायतका इन्धनको विकल्प बायोग्यासले लिएको हो ।

सस्तो, सफा, स्थायी र वातावरणका दृष्टिले समेत उपयुक्त हुने हुँदा गृहिणीहरु बायोग्यास प्लान्टतर्फ आकर्षित भएका हुन् । जिल्लामा ऊर्जा कार्यालयबाहेक गण्डकी र प्रगति गोबरग्यास कम्पनीले पनि गोबरग्यास प्लान्ट निर्माण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?