+
+

ज्योती ग्रुपले भित्रायो गुगलको ‘एन्ड्रोइड वान’ स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ३ गते १७:०२

Android one in nepal-2

३ फागुन, काठमाडौं । मुलुकको चर्चित व्यवसायीक घरना ज्योती ग्रुपले नेपालमै पहिलो पटक गुगलको एन्ड्रोइड वान स्मार्टफोन भित्राएको छ ।

तत्काललाई अनलाइन मार्फत बिक्री गरिने स्पाइस एन्ड्रोइड वानको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको स्मार्टफोनको सोमबार ११ बजेदेखि ओहोबजार डटकम मा बुकिङ खुल्ला हुने कम्पनीले बताएको छ ।

ज्योती ग्रुपले स्टार्ट टेक कम्पनी मार्फत नेपालमा स्पाइस मोबाइल आयात तथा बिक्री वितरण सुरु गरेको छ । यसभन्दा अगाडि स्पाइस मोबाइल टेलीटक प्रालीले बिक्री वितरण गर्दै आएको थियो ।

एन्ड्रोइड वान दुईवटा थि्रजी सिम प्रयोग गर्न मिल्ने स्मार्टफोन हो । ४.५ इन्चको डिस्प्ले रहेको यस स्मार्टफोनमा १.३ गीगाहर्जको क्वार्ड कोर प्रोसेसर रहेको छ । यसमा एन्ड्रोइड ४.४.४ किटक्याट अपरेटिङ सिष्टम रहेको छ, जसलाई निकट भविष्यमा लञ्च हुने एन्ड्रोइड लोलिपप भर्सनमा अपग्रेड गर्न सकिने छ ।

एन्ड्रोइड वानको पछाडि ५ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । उत्कृष्ट सेल्फी खिच्नका लागि समेत यो स्मार्टफोन उत्कृष्ट रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा १० जीबी स्पाइस क्लाउड र १५ जीबी गुगल ड्राइभमा गरी २५ जीबी स्टोरेज रहेको छ ।

Android-one-in-nepal-10

नेपालमा स्मार्टफोनको बढ्दो मागलाई मध्यनजर राखी लोकपि्रय एन्ड्रोइड वान स्मार्टफोन भित्राएको स्टार्क टेकका अध्यक्ष सौरभ ज्योतीले बताए । यस स्मार्टफोनले छिट्टै नेपाली उपभोक्ताहरुको विश्वास जित्ने विश्वास उनको रहेको छ ।

स्पाइस मोबाइलसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै ज्योतीले निकट भविष्यमै स्पाइसलाई नेपाली बजारमा अग्रपंक्तीमा उभ्याउने दाबी समेत गरेका छन् ।

ओहो बजारमा एन्ड्रोइड वान बुकिङ गर्ने ग्राहकहरुलाई घरमै डेलिभरी गरिदिने एवान सफ्टका विश्वास ढकालले जानकारी दिए । ‘काठमाडौं उपत्यकामा ४८ घण्टा भित्रमा र उपत्यका बाहिर ७२ घण्टाभित्र कम्पनीले एन्ड्रोइडवान डेलिभरी गरिदिने छ’ उनले भने ।

ओहो बजारमा एन्ड्रोइड वान बुकिङ गरेर ई-सेवा मार्फत पैसा भुक्तानी गर्न सकिने बताइएको छ । यसका लागि ओहो बजार र ई-सेवा दुबैमा सदस्य बन्नुपर्ने हुन्छ । एक लाख भन्दा बढी ग्राहक भएको आहो बजारमा पुरानो मोबाइल बिक्री गरि नयाँ मोबाइल समेत खरिद गर्न सकिने छ । उपभोक्ताले नगद तिरेर पनि स्मार्टफोन खरिद गर्न सक्नेछन् ।

उपभोक्तालाई डाइरेक्ट कम्पनीसँग कनेक्सन गराउन अनलाइन मार्फत बिक्री गर्न लागेको ज्योतीले बताए । अनलाइनबाट एन्ड्रोइड वान खरिद गर्दा रिटेलरले खाने कमिसन ग्राहकले छुट पाउने बताइएको छ । रिटेलरबाट खरिद गर्दा अतिरिक्त प्राइस जोडिएको हुन्छ ।

Android-one-in-nepal-11

ओहो बजारले एक हप्तामा ५ सय थान एन्ड्रोइड वान बुकिङ हुने अपेक्षा गरेको छ । पहिलो चरणमा उपत्यकामा मात्र ५ सय थान बिक्री गर्ने बताउँदै ढकालले अर्को पाँच सय थान मुलुकभरका लागि बुकिङ खुल्ला गर्ने जानकारी दिए । ओहो बजारले पहिलो चरणमा एक हजार थानमात्र एन्ड्रोइड वान बिक्री गर्ने जनाएको छ ।

कम्पनीका अध्यक्ष ज्योतीले एक महिनाभित्र स्पाइसका अन्य स्मार्टफोन र फिचर फोनहरु पनि नेपालमा भित्राइसक्ने जानकारी दिए । त्यसपछि मुलुकभर डिलर मार्फत स्पाइस मोबाइल बिक्री वितरण गर्ने उनको भनाई छ ।

मोबाइल बिक्री पछिको सेवालाई ध्यानमा राखेर मुलुकभर २५ वटा सर्भिस सेन्टर समेत सञ्चालनमा ल्याउने अध्यक्ष ज्योतीले बताए ।

एन्ड्रोइड वानको खरिदमा ८ जीबी मेमोरी कार्ड समेत निःशुल्क पाइने छ । विश्वस्तरीय टेक्नोलोजी भएका मोबाइल फोनहरु उचित दाममा उपलब्ध गराउने उद्देश्य लिएर कम्पनी स्थापना गरेको बताउँदै अध्यक्ष ज्योतीले कम्पनीको प्रमुख सोँच नै गुणस्तरीय ब्रान्डहरुसँग सहकार्य गुर्न रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?