+
+

विन्डोज १० चलाउनुस्, पासवर्डलाई बाई-बाई भन्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते ९:२०

windows-10
इन्टरनेटमा ब्यक्तिगत सूचनाको सुरक्षा सवैभन्दा चुनौतीपूर्ण बन्दै गएको छ । खासगरी पासवर्ड चोरी र ह्याक हुने समस्याले ठूला सेलिब्रेटीदेखि सर्वसाधारणसम्म हैरान परेका छन् ।

हरेक बर्षजसो लाखौं मानिसका पासवर्ड चोरी भई त्यसलाई सार्वजनिक गर्ने घटना बढ्दै गएका छन् । ठूला सेलिब्रिटीका निजी कम्प्युटर र फोनबाट नाङ्गा तस्वीर तानेर सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ ।

यी सवै समस्यामो मुख्य जड हो-पासवर्ड सिस्टम । त्यसैले माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको विन्डोज १० मा अपरेटिङ सिस्टमलाई पासवर्डबिहीन बनाउँदै छ ।

अर्थात् अब तपाईले बायोमेट्रिक सिस्टमबाट कम्प्युटरको पासवर्ड राख्नुपर्छ, जसले गर्दा स्वयं तपाईको उपस्थीतिबिना कम्प्युटर र महत्वपूर्ण दस्तावेज खुल्दैनन् ।

windows10पछिल्लो समयमा बिभिन्न एपले बायोमेट्रिक पासवर्डको सेवा दिइरहेको भएपनि अपरेटिङ सिस्टममा यो ब्यबस्था थिएन । आइफोनले फिंगरप्रिन्टमार्फत् लक खोल्ने सिस्टम पनि ल्याइसकेको छ ।

फास्ट आइडेन्टीटी अनलाइन मापदण्डअनुसार विन्डोजलाई पासवर्डविहीन बनाउन लागिएको विन्डोजका सेक्युरिटी तथा आइडेन्टीटी म्यानेजर डस्टिन इंगलले बताए । जसअन्तर्गत अब प्रयोगको अनुहार, आवाज, आँखाको रेटिना, औैंठाछाप आदिलाई पासवर्डका रुपमा प्रयोग गरिने छ ।

यो अभियानमा विन्डोजमात्रै एक्लै लागिरहेको हैन । सामसुङ, भिसाकार्ड, पेपाल, मास्टरकार्ड, गुगल, लेनेभो र बैंक अफ अमेरिकासमेत पासवर्डविहीन कम्प्युटर सिस्टम विकाश गर्ने अभियानमा सँगै काम गरिरहेका छन् ।

माइक्रोसफ्टले केही सातापछि विन्डोज १० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विन्डोज १० यसअघिका भर्सनभन्दा यस अर्थमा भिन्न छ कि, मोबाइल र डेस्कटपमा एउटै भर्सन सपोर्ट गर्ने छ ।

विन्डोज फोन प्रयोगकर्ताले अहिले पनि विन्डोज १० को प्रिभ्यु भर्सन चलाएर त्यसमा आफ्नो प्रतिक्रिया दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?