+
+

वर्ष दिनमै थपिए साढे ३१ लाख मोबाइल प्रयोगकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ६ गते १३:४९

६ फागुन, काठमाडौं । दूरसञ्चार कम्पनीहरुले भ्वाइस सेवा स्याचुरेसनको अवस्थापमा पुगिसकेको बताउँदै आएपनि यसका ग्राहकहरु उच्च दरले बढेको देखिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक वर्षको अवधिमा भ्वाइस सेवा लिने ग्राहकहरु ३४ लाख १० हजार थपिएका छन् । अघिल्लो mobile-callमंसिरमा भ्वाइस सेवाका दुई करोड २४ लाख ६२ हजार ग्राहकहरु रहेकोमा यस मंसिरमा आइपुग्दा दुई करोड ५८ लाख ७३ हजार जना पुगेका छन् ।

एक वर्षको अवधिमा मोबाइल प्रयोगकर्ता ३१ लाख ५६ हजार जनाले बढेका छन् । मंसिर मसान्तसम्म आइपुग्दा मोबाइल प्रयोगकर्ता दुई करोड ३० लाख २१ हजार पुगेका छन् । जबकी अघिल्लो मंसिरमा मोबाइल प्रयोगकर्ता एक करोड ९८ लाख ६४ हजार रहेका थिए ।

भ्वाइस सेवा प्रदान गर्ने कम्पनीहरु सातभन्दा बढी भएपनि नेपाल टेलिकम र एनसेलले मात्र मोबाइल सेवा प्रदान गर्दै आएका छन् । प्राधिकरणका अनुसार मंसिरसम्म टेलिकमका मोबाइल प्रयोगकर्ता एक करोड ९ लाख ३१ हजार पुगेका छन भने एनसेलका १ करोड २० लाख ८९ हजार पुगेका छन् ।

नेपालमा नेपाल टेलिकम, युटिएल, एनसेल, एसटीएम टेलिकम सञ्चार, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम लगायतले भ्वाइस सेवा उपलब्ध गराउँदै आएका छन् ।

जसमध्ये टेलिकमले फिक्स्ड तथा मोबाइल सेवा प्रदान गरिरहेको छ भने युटिएलले फिक्स्ड, एनसेलले मोबाइल एटीएमले फिक्स्ड, स्याटेलाइट कम्पनीले फिक्स्ड र अन्य, स्मार्ट टेलिकमले जीएमपीसीएस सेवा उपलब्ध गराइरहेका छन् ।

प्राधिकरणको तथ्यांक हेर्दा कुल जनसंख्याको ९७.६५ प्रतिशत जनसंख्याको पहुँचमा भ्वाइस सेवा पुगिसकेको छ । २०६८ को जनगणना अनुसार नेपालमा २ करोड ६४ लाख ९४ हजार ५० जनसंख्या रहेको छ भने मंसिरसम्म २ करोड ५८ लाख ७३ हजार १३७ जना भ्वाइस सेवाका ग्राहक छन् ।

कुल जनसंख्याको ३.१६ प्रतिशतको पहुँचमा फिक्स्ड फोन सेवा पुगेको छ भने मोबाइल ८६.८९ प्रतिशत र अन्य भ्वाइस सेवा ७.६० प्रतिशतको पहुँचमा पुगेको प्राधिकरणले जनाएको छ ।

पछिल्लो तथ्यांकअनुसार टेलिकमका ग्राहक १ करोड १७ लाख १४ हजार ७६४, युटिएलका ५ लाख ८ हजार ८४१, एनसेलका १ करोड २० लाख ८९ हजार ५२५, एसटीएमका २ हजार ९८७, स्याटेलाइटका १२ लाख ८१ हजार २६१ र अन्य सेवा प्रदायकका १ हजार ७४२ जना ग्राहकहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?