+
+

अब थ्री डी सेल्फी

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते ९:१०

3d-selfy

आफ्नो थ्री डी सेल्फी कस्तो देखिन्छ होला भन्ने बारेमा कहिल्यै सोँच्नुभएको छ । सेल्फीका क्रेजीहरुको लागि खुसीको खबर छ । अब आफ्नो थ्री डी सेल्फी खिचेर आफ्ना विशेष पलहरुलाई सुरक्षित गर्न सकिनेछ ।

जर्मनीको एक कम्पनीले थ्री डी सेल्फी खिच्ने प्रविधि सार्वजनिक गरेको छ । उक्त प्रविधिको माध्यमबाट अब ९५ डलर खर्च गरी आफ्नो थ्री डी सेल्फी तस्वीर प्राप्त गर्न सकिनेछ ।

जर्मनीको डुसेलडर्फमा रहेको डीओओबी थ्री डी नामक कम्पनीले ४ इन्च आकारको थ्री डी सेल्फी तयार गर्ने प्रविधिको विकाश गरेको छ ।

तथापि यस्तो सेल्फी तयार गर्नका लागि ठूलो संख्याका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्नुपर्नेछ । ५४ वटा डिएसएलआर क्यामरा, ५४ वटा लेन्स, एउटा कम्प्लेक्स थ्री डी मोडलिङ पाइपलाइन तथा ८० हजार डलर मूल्य पर्ने फुल-कलर थ्री डी पि्रन्टरका साथै एउटा पूरै कोठा बराबरकेा स्क्यानिङ बुथ ।

कम्पनीले बहुप्रतिक्षित थ्री डी सेल्फी खिच्नका लागि विश्वका विभिन्न ४ ठाउँमा थ्री डी स्क्यानिङ बुथ स्थापना गरेको छ, जसको नाम डूब लिकेटर्स राखिएको छ । ती मध्ये एउटा जर्मनीको डुसेलडर्फमा छ भने अरु जापानको टोकियो, अमेरिकाको लस एन्जल्स तथा अमेरिकाको न्युयोर्कसिटीस्थित चेल्सी मार्केटमा राखिएको छ ।

वायर्ड डट कम वेबसाइटका अनुसार अमेरिकाका अन्य ठाउँहरुमा पनि यस्तो खाले थ्री डी सेल्फी केन्द्रहरुको स्थापना गर्ने कम्पनीको योजना रहेको छ ।

 

अमेरिकाको न्युयोर्कमा रहेको डूब लिकेटर अहिले नै निकै लोकपि्रय बनेको र यो जाडो छुटि्टामा त्यहाँ पुगेका ५ सय ग्राहक मध्ये १० प्रतिशतले आफ्ना थ्री डी सेल्फी तयार गरेका डीओओबी कम्पनीले जनाएको छ ।

डूब लिकेटरमा आफनो सेल्फी लिन चाहने मानिसहरुले त्यहाँ गएर क्यामराको अगाडि पोज दिनुपर्छ, त्यसपछि सबै ५४ वटा क्यामराले एकसाथ तस्वीर खिच्दछन् र केही सेकेण्डमा पूरै सरीरको स्क्यान तयार हुन्छ ।

ऋर्को चरणमा १८ मेगापिक्सेलको उक्त तस्वीरलाई सफ्टवेयरमा हालिन्छ र त्यसबाट थ्री डी तस्वीर तयार हुन्छ ।
यसरी एउटा थ्री डी तस्वीर खिचाउँदा उपभोक्ताले ९५ डलर अर्थात् साढे ९ हजार रुपैयाँ तिर्नुपर्छ ।

तर आफ्नो जिउ बराबरको थ्री डी मूर्ति नै तयार गर्न चाहनुहुन्छ भने त्यसका लागि ७५ हजार डलर शुल्क लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?