+
+

कान्छा निर्देशक सौगातको नाम लेखियो गिनिज बुकमा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १२:३९

saguat-with-certificate

काठमाडौं । नेपालका आठ वर्षे वालक सौगात विष्टले फिचर फिल्म ‘लभ यु बाबा’ निर्देशन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । कम उमेरमै सिनेमा निर्देशन गरेर विश्व कीर्तिमान कायम गर्ने उनी पहिलो नेपाली निर्देशक हुन् ।

कम उमेरमा फिल्म निर्देशन गरेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सौगातलाई ‘योङगेस्ट फिल्म डाईरेक्टर‘को उपाधि दिएको छ ।

गिनिजमा लेखिएको छ ‘सौगात विष्ट ब्यवसायिक रुपमा फिचर फिल्म बनाउने कान्छा निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म रिलिज हुँदा उनी आठ वर्षका थिए । १२ डिसेम्बर २०१४ मा उनको फिल्म रिलिज हुँदा सौगातको उमेर ७ वर्ष ३ सय ४० दिन थियो ।

सौगातले नेपाल चलचित्र निर्देशक समाजको सदस्यता पनि लिएका छन् । नायक गजित बिष्टका छोरा सौगातले भारतीय एक वालक निर्देशकको रेकर्ड तोडेका छन् ।

सौगातले गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेको विषयमा उनका बुबा एवं नायक गजित विष्टले केही बोल्न चाहेनन् । ‘भोलि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा भन्दै छौं, त्यसकारण आज म केही भन्दिन,’ अनलाईनखबरसँग कुरा गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?