+
+
Shares

टुरिज्म बैंकले ल्यायो आकर्षक बचत र मुद्दति खाता

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १३:२५

Tourism Dev. Bank७ फागुन काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले छैठौं वर्ष प्रवेस गरेको अवसरमा आकर्षक बचत र मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले किड पिग्गी खाता, आदरणीय बचत खाता र २०५ दिने मुद्दति खाता सञ्चालनमा ल्याएको हो ।

बालबालिकाहरुलाई लक्षित गरि ल्याइएको किड पिग्गी बचत खाता खोल्न १०० रुपैयाँ न्यूनतम मौज्दात लाग्ने छ । यो निक्षेप योजनामा सहभागि बालबालिकाहरुले वाषिर्क ५.५ प्रतिशत व्यादर उपलब्ध गराइने बैंकले जनाएको छ ।

त्यसैगरी, न्यूनतम ५ हजार मौज्दातमा खोल्नज सकिने आदरणीय बचा खातामा ग्राहकले दैनिक मौज्दातमा वाषिर्क ६.२५ प्रतिशत व्याज पाउने छन ।

त्यस्तै, ग्राहकले २०५ दिने मुद्दति खाता न्यूनतम ५० हजार मौज्दातमा खोल्न सक्नेछन । यस खातामा दैनिक मौज्दातमा वाषिर्क ७ प्रतिशत व्याजदर प्रदान रिने बैंकले जनाएको छ ।

यी खाताहरुमा निशुल्क मोवाइल बैंकिङ सेवा तथा डेविट कार्ड प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?