Comments Add Comment

हिन्दु राष्ट्र घोषणा गर्न चैतदेखि आन्दोलन गर्छौं : खुमबहादुर

७ फागुन, दाङ । नेपाली कांग्रेसका खुमबहादुर खड्काले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न चैतदेखि देशब्यापी आन्दोलन गर्ने बताएका छन् ।

khumbahadur-khadkaआन्दोलनको नेत्रृत्व आफैंले गर्ने उनले बताए । तर, हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै हुने आन्दोलनमा कांग्रेसको झण्डा भने नहुने प्रष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले हिबीबार आयोनजा गरेको साक्षात्कारमा खड्काले आन्दोलनमा हिन्दु राष्ट्र कायम गर्नु पर्छ भन्ने सवै पार्टी र नेतासँग सहकार्य हुने बताए ।

आन्दोलनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने भन्दै उनले भने-‘त्यो कुनै पार्टी विषेशको आन्दोलन नभई हिन्दु राज्य चाहने सवै नेपालीको आन्दोलन हुनेछ ।’

हिन्दु राज्यका लागि संविधानसभाबाट सम्भव नभए जनमत संग्रहमा जान सकिने उनले बताए । खड्काले हिन्दु राज्य घोषणाका लागि कांग्रेस सहमत नभए कांग्रेस पनि संकटमा पर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment