Comments Add Comment

कारसँग मैथुन गर्न निर्वस्त्र महिलाले गाडी रोकेपछि……….

article-amie-carter-0217
लागु औषधको नसामा पागल बनेकी एक निर्वस्त्र महिलाले मध्य सडकमा गाडी रोकिन् । दम्पति चढेको कारलाई रोकेपछि उनी उक्त कारको छतमा चढिन् । यसरी कारको छतमा चढ्नुको एकमात्र उद्देश्य थियो कारसँग मैथुन गरी यौनसन्तुष्टि प्राप्त गर्नु ।

न्युयोर्क डेलीका अनुसार अमेरिकाको फ्लोरिडाकी ३१ वर्षीया एमी कार्टनर नामकी महिलाले आइतबार यस्तो हर्कत गरेकी हुन् ।

ती महिलाले दम्पति चढेको कारलाई रोकेर त्यसमा तोडफोड समेत गरी छतमा चढिसकेपछि आफ्नो मोबाइल फोन फ्याँकेकी थिइन् । छतमा चढेर केही बेर कारसँग रगडिएपछि उनी त्यहाँबाट झरेर अलप भइन् ।

पछि प्रहरीले उनलाई ओर्लान्डोस्थित फेयरभ्यू शोर्समा रातको सबा ११ बजे नांगै हिँडिरहेको अवस्थामा फेला पारेर पक्राउ गर्यो । उनले लागु औषधको उच्च डोज लिएको र मानसिक अवस्था समेत गडबड रहेको प्रहरीले जनाएको छ ।
निर्वस्त्र हिँडिरहेको बेला प्रहरीले पक्राउ गर्न थालेपछि कार्टरले प्रहरीलाई लात्ताले हान्न पछि परिनन् । उनले आफ्ना नांगा तिघ्रा हावामा झट्कारिन् पनि ।

प्रहरीले उनलाई पक्राउ गरी अस्पतालमा भर्ना गर्यो । उनीमाथि आपराधिक गतिविधिमा संलग्न भएको तथा सार्वजनिक स्थानमा यौनांग देखाएको अभियोग लगाइएको छ । अहिले उनी अरेन्ज काउन्टी जेलमा छिन् । उनले एक दम्पति चढेको लेक्सस कारमा तोडफोड गर १५ सय डलरको नोक्सानी पूराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment