Comments Add Comment

गायिका बन्दैछिन् दीपिका पादुकोण

दीपिका

मुम्बई । पूर्वप्रेमी रणबीर कपुरको जोडी बनेर हिन्दी फिल्म ‘तामाशा’ मा अभिनय गरेकी दीपिका पादुकोणले अब यहि फिल्ममा गीत पनि गाउने भएकी छिन् ।

विभिन्न भारतीय समाचार संस्थाले जनाएअनुसार प्रसिंद्ध संगीतकार ए आर रहमानको संगीतमा उनले गाउने भएकी हुन् । दीपिका म्युजिक सिटिङका लागि निर्देशक इम्तियाज अलिसँगै संगीतकार रहमानसँग केही पटक अभ्यासका लागि बसीसकेकी छिन् ।

deepika songs

दीपिकाले गीत गाउन लागेको कुरा संगीतकार रहमानले सार्वजनिक गरेका हुन् । संगीतकार रहमानले दीपिकासँगै बसेको तस्बिर सामाजिक संञ्जालमा पोष्ट गरेपछि दीपिकाको संगीतको वारेमा चर्चा भएको थियो । यसअघि रहमानकै संगीतमा ‘हाईवे’ मा आलिय भट्टले सुहा सोहा..बोलको गीत गाएकी थिईन् ।

फिल्ममा गीत गाउने हिरोईनको सूची भने लामो भैसकेकोे छ । पि्रयंका चोपाडा, परिणीति चोेपडा, श्रद्धा कपुर लगायतले आफ्नो गायकी देखाइसकेका छन् । नायक सलमान खानले पनि फिल्ममा गीत गाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment