‘एक हसिना थी’ र ‘जानी गद्दार’ जस्ता फिल्म बनाईसकेका निर्देशक श्रीराम राघवनको नयाँ फिल्म ‘बदलापुर’ शुक्रवारदेखि सिनेमा हलहरुमा प्रदर्शन सुरु भएको छ । यो फिल्मले ट्रेलर सार्वजनिक भएदेखी नै चर्चा पाएको थियो । ट्रेलर हेरेरै दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।
साधारण कथामा पनि बेजोड फिल्म बनाउन सक्ने खुबी भएका निर्देशकका रुपमा चिनिन्छन् उनी । यो फिल्म पनि त्यस्तै छ, कथा सामान्य हो तर, कलाकारको अभिनय बेजोड छ ।
खासगरेर वरुण धवन र नवाजुद्दिन सिद्दिकीको अभिनय हेर्न लायक छ यो फिल्ममा । निर्देशक राघवनले पनि आफु प्रतिभाशाली निर्देशक भएको पुष्टि गरेका छन् फिल्म मार्फत ।
नामवाटै प्रष्ट हुन्छ यो फिल्ममा बद्ला (रिभेन्ज) को कथा छ । ‘बद्लापुर’ मुम्बईवाट केही किलोमिटर टाढा पर्छ । साधारण त बदलाको अर्थ हो परिवर्तन ।
फिल्मको कथा यस्तो छ- रघु (वरुण धवन) श्रीमति मीशा (यामी गौतम), र छोराको साथमा खुसीसाथ बसेका हुन्छन् । उनको जीवनमा कुनै कुराको अभाव देखिदैन । सब ठिकठाक छ । तर, एउटै घटनाले उनको जीवनको वाटो बदलिन्छ ।
बैंक लुटेपछि लायक (नवाजुद्दिन सिद्दिकी) र उसका साथी हरमन (विनय पाठक) रघुको घरमा लुक्न आउँछन् । यो क्रममा दुबैले रघुको घर तहस नहस पार्छन् । घरभित्र भएको संघर्षमा रघुकी श्रीमति मीशा र छोराको मृत्यु हुन्छ । यहि घटनापछि रघु एक्लो हुन्छ भने उसमा बद्लाको भावना विकास हुँदै जान्छ ।
लायक आफ्नो साथी हरमनको बचाउका लागि प्रहरीमा आत्मसमर्पण गर्छ । यता रघु कहिले लायक जेलवाट छुट्ला र बद्ला लिउँला भनेर बसेको हुन्छ । जब लायक जेलवाट छुटेको कुरो थाह पाउँछ लब बद्लाको योजनामा रघु लाग्छ ।
वरुण धवनले करिअरको सुरुवातमै यस किसिमको फिल्ममा काम गरेर राम्रो काम गरेका छन् । कारण यस फिल्ममा उनले प्रशस्तै आफ्नो क्षमता देखाउने अवसर पाएका छन् ।
यदि अभिनयकै कुरा गर्ने हो भने पनि वरुणको सर्वश्रेष्ठ फिल्म यहि हो । उनले अभिनयवाटै सावित गरेका छन् कि उनी ‘लामो रेसका घोडा हुन्’ । यो फिल्म हेरेर यो पनि भन्न सकिन्छ कि उनलाई राम्रो भुमिका दियो भने दर्शकलाई सन्तुष्ट बनाउन सक्ने खुबी छ ।
नवाजले पनि उत्तिकै राम्रो काम गरेका छन् । नवाजले केही दृष्यमा दर्शकलाई स्तब्ध बनाईदिन्छन् । उनले साधारण शब्दलाई पनि बेजोड शैलीमा प्रस्तुत गरिदिएका छन् । नवाजकी प्रेमिका वनेकी (झुमली) हुमा कुरैशी ले अभिनयमा न्याय दिने कोशिष गरेकी छिन् । शोभा (दिब्य दत्त) जो एक एनजिओ मालिकनी हुन्, उनको अभिनयले पनि दर्शकलाई राम्रै प्रभाव पार्छ ।
फिल्मको संगीत पहिल्यै हिट भैसकेको छ । बद्लापुरमा सचिन-जिगरले संगीत दिएका छन् । फिल्मको कथा जस्तै संगीत पनि चुस्त दुरुस्त छ ।
समग्रमा यति भन्न सकिन्छ । तपाई थोरै अलगधारको फिल्म हेर्न चाहनुहुन्छ र नवाजुद्दिन सिद्दिकीको प्रसंशक हुनुहुन्छ भने बदलापुर हेर्न सक्नुहुन्छ । वरुण धवनले पनि तपाईलाई सन्तुष्ट बनाउने छन् । -एजेन्सीहरुमा आधारित