+
+

युट्युवले ल्यायो बच्चाहरुका लागि बेग्लै एप

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते ९:४१

you-tube-child-app

गुगलको भिडियो शेयरिङ वेबसाइट यूट्यूबले बच्चाहरुका लागि एक विशेष एप ‘यूट्यूब किड्स’ ल्याउने भएको छ । यो एपमार्फत अभिभावकहरुले यूट्यूबमा आफ्नो बालबच्चाले हेर्ने सामाग्रीमा नियन्त्रण राख्न सक्नेछन् ।

सोमबारदेखि सुरु हुने एप सुरुमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । त्यसपछि बेलायत हुँदै अन्य मुलुकमा पनि ।

यो एपको सहयोगमा बाबुआमाले आफ्नो छोरा छोरीको भिडियो हेर्ने समय र सामाग्रीमा नियन्त्रण गर्न सक्ने अपेक्षा गरिएको छ । आजको दिनमा बच्चाहरुलाई अनलाइनका रुपमा सुरक्षित गर्नु चूनौतीपूर्ण मानिएको छ । यसमा यो एप सहयोगी हुने अनुमान गरिएको छ ।

बीबीसीका आनुसार यो एप निःशुल्क हुनेछ तर, एन्ड्रोएड डिभाइसमा मात्र उपलब्ध हुनेछ ।

यूट्यूब प्रोडक्ट म्यानेजर शिमरिट बेनयेरका अनुसार यूट्यूबमा भिडियो हेर्नेहरुको संख्या प्रत्येक वर्ष ५० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?