Comments Add Comment

श्वेताले भनिन्- बेलैमा बिहे गरेको भए हुन्थ्यो जस्तो लाग्छ

Sweeta khadka in film hall  (4)

 पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका श्वेता खड्काले आगामी दिनमा दुःखीको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।

तर, विवाह भएको एक महिना नपुग्दै पतिलाई गुमाएकी श्वेता अझै गहिरो शोकमा छिन् । पतिको निधनपछि झण्डै चार महिना ओछ्यानमा थलिएकी श्वेतामा अहिले ढाडको नाशामा समस्या देखिएको छ । बीबीसी नेपाली सेवाका लागि सुमन खेरलसँग कुराकानी गर्दै श्वेताले भनिन्-‘अहिले आफैंले औषधि खाइरहेको छु । मलाई अझै केही समय लाग्छ ।’

पतिको निधन भएपछि पहिलो पटक सञ्चार माध्यममा आएकी श्वेता खड्का कुराकानीका क्रममा अधिंकाश समय रोइरहेकी थिइन् । उनका अनुसार विवाह हुनुभन्दा एक साताअघिदेखि नै श्रीकृष्णमा सुख्खा खोकी देखिएको थियो । विवाह गरेपछि एक अर्काको हेरचाह राम्रो हुन्छ भन्ने लागेर परिवारको अग्रहमा विवाह गरेको उनले सुनाइन् ।

उनले भनिन्-तर, विवाह भएको दुई दिन मात्र हामी घरमा सँगै बस्यौं होला । त्यसपछि अस्पतालमा गयौं ।’ विवाह गर्दा के सपना थियो भन्ने प्रश्नमा उनले विवाह पछि आफूमा भन्दा परिवारमा सुखी, सम्पत्ति, बालबच्चाको सपना थियो होला भनिन् । उनले भनिन्-‘तर सहनै नसक्ने पीडा भएपछि आजसम्म मैले केही सोच्न सकेकी छैन, जीवनले कुन मोड लिन्छ ।’

फाइल फोटो
फाइल फोटो

प्रत्येक पटक अब केही गर्छु भनेर कोशिश गरे पनि नसकेको उनले सुनाइन् । शोकलाई शक्तिमा बदलौं र केही गरौं भन्ने लाग्दैन भन्नेमा उनले भनिन्-‘कमजोर, दुःखी प्रति केही गरौं भन्ने लाग्छ । तर मलाई समय लाग्छ ।’

आफू बाल्यकालबाट अरुको दुःख देख्न नसक्ने स्वभावकी भएको भन्दै उनले अब त्यसकै लागि काम गर्न प्रयास गर्ने बताइन । नेपाली फिल्मले नै आफूलाई नायिका श्वेता खड्का भनेर चिनाएको भन्दै उनले सामाजिक फिल्महरु बनाउने लक्ष्य रहेको बताइन् ।

दोष कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा श्वेताले भनिन्-कसलाई दोष दिउँ ? सुरुमा उपचारमा केही गलत गर्‍यो कि जस्तो लाग्थ्यो । कहिले मेरो भाग्य नै यस्तो रहेछ भन्ने पनि लाग्छ । भगवानले नै गरे ।’ यसअघि आफूलाई भगवानमाथि विश्वास लाग्ने गरेको र श्रीकृष्ण विरामी हुँदा धेरै ब्रत बसेको सुनाउँदै उनले भनिन्-‘तर, अहिले भगवान भन्ने हामीले मान्ने मात्र हो जस्तो लाग्छ ।’

जीवन के रहेछ भन्ने प्रश्नमा उनले सुरुमा आफूलाई राम्रो फुल जस्तो लागेको सुनाइन् । उनले भनिन्-‘तर, बाँच्नु नै जीवन रहेछ ।’
कुराकानीको अन्तिममा नायिका श्वेता खड्काले समयलाई चिनेर समयमै विवाह गरेको भए हुन्थ्यो भन्ने लोगेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment