+
+

वृद्धाश्रम निर्माणमा आर्थिक अभाव

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १२:१२

१३ फागुन, पोखरा । ५० जना वृद्ध वृद्धालाई आवास सहितको व्यवस्थापन गरिरहेको पोखरा वृद्धाश्रम सुविधाजनक भवन निर्माणमा भने आर्थिक अभाव झेलिरहेको छ । जनस्तरकै सहयोगबाट सञ्चालित वृद्धाश्रमको ठूलो लगानीमा २० कोठे आवास भवन निर्माणाधीन अवस्थामा छ ।

Basantkeshab Parajuli-Pokhara

  • बृद्धाश्रममा सहारा लिएकासँग बसन्तकेशव पराजुली (दायाँ)

सो भवनको ५० प्रतिशत काम सकिए पनि रकम अभावका कारण थप निर्माण कार्य अगाडि बढाउन कठिनाइ भएको वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले जानकारी दिए ।

पर्यटकीय नगरी पोखराको वडा नंं. १७ मा रहेको पोखरा बृद्धाश्रम ०५३ सालमा समाजसेवी स्वर्गीय ऋषिकेशव पराजुलीको सदिक्षामा स्थापना भएको थियो ।

जेष्ठ नागरिकहरुलाई हिँडडुल गर्न गाह्रो हुने भएकाले नुहाउने कक्ष र शौचालय सँगै रहेका कोठाहरुको आवश्यकता महशुस गरी एट्याच ट्वाइलेट बाथरुम सहितको २० कोठे भवन निर्माण गर्न लागेको जनाएको छ । जसका लागि करिव १ करोड ६० लाख लागत इस्टिमेट गरिएको थियो । तर, निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यबृद्धिका लागत बढेकोे छ ।

Bridhashram Pokhara
निर्माणाधीन बृद्धाश्रम

‘भवन तयार हुन २ करोड खर्च होला जस्तो छ, रकम अभावले अलपत्र हुने होकी चिन्ता लाग्न थाल्यो,’ वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले भने । उनले भवन निर्माण कार्यका लागि सहयोग गर्नसमेत ईच्छुक व्यक्ति वा संस्थाहरुलाई आग्रह पनि गरे ।

भवन निर्माण कार्यमा सहयोग गर्ने महानुभावहरुलाई सहयोग रकम हेरी आजीवन सदस्यता, मार्वल शिलामा अभिलेख, वृद्धाश्रम परिसरमा फोटो सहित विवरण, अर्धकदको शालिक राख्ने लगायतका योजना वृद्धाश्रमको छ ।

वृद्धाश्रमले हाल ४९ जना बृद्ध बृद्धालाई सेवा संरक्षण गरिरहेकामा भविष्यमा १०० जना सम्मलाई आश्रय दिने योजना बताएको छ ।

यसैवीच वृद्धाश्रमले आगामि चैत्र १ गते आफ्नो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने भएको छ । सो अवसरमा वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वका साथै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?