+
+

नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १५ गते १९:१८

१५ फागुन, परासी । भारतसँग सीमा जोडिएको नवलपरासीमा पनि स्वाइन फ्लुका बिरामी फेला परेको छ । जिल्लाको दिव्यपुरीका एक बिरामीमा स्वाइन फ्लु ए, एचवान एनवानको सङ्क्रमण फेला परेको हो ।

चितवनको भरतपुर अस्पतालबाट नमुनाका लागि पठाएकामध्ये नवलपरासीका एक जनामा स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । अस्पतालबाट नवलपरासी र चितवनका गरी ४३ जनाको नमुनाका लागि पठाइएकामा एक जना नवलपरासीकासहित चार जनामा सङ्क्रमण फेला परेको थियो ।

अन्य तीन जना भने चितवनका रहेका छन् । जिल्लामा स्वाइन फ्लु भित्रिएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति नवलपरासीले नेपाल–भारत सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरेकोसमेत जनाएको छ ।

समितिको बसेको बैठकबाट जिल्लाको त्रिवेणी र महेशपुर नाकामा स्वास्थ्यकर्मी संलग्न हेल्प डेक्स स्थापना गरिएको पृथ्वीचन्द्र अस्पतालका सुपरीटेन्डेट डा नुरुल होदाले जानकारी दिए ।

जिल्लामा भारतीय सीमा नाकाबाट दिनहुँ हजारौँको सङ्ख्यामा सर्वसाधारणको आवतजावत हुने गर्दछ । हेल्प डेक्समार्फत रुघाखोकी लागेकालाई उपचारमा सल्लाह दिने,माक्सको प्रयोग गर्ने, हात मिलाउने काममा कम गर्न सचेतना गराइने होदाले जानकारी दिए ।

भारतीय सीमाका क्षेत्रमा निगरानी गर्दा सङ्क्रमणबाट बच्न सकिने भएकाले जिल्लाका संयन्त्र परिचालन गरिएको हो । जिल्लाभित्रै स्वाइन फ्लुका बिरामी भेटिएपछि त्यसको सङ्क्रमणबाट बच्न जिल्लावासीलाई स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?