Comments Add Comment

नहर र पिचबाटो पनि बिक्री !

१८ फागुन, चितवन । मालपोत कार्यालयले लगत कट्टा गर्न बिर्सदा एक व्यक्तिले नहर र पिचबाटोमा परेको जग्गा बैंकमा धितो राख्नुका साथै अर्को व्यक्तिलाई बिक्री गरेको पाइएको छ । त्यस्तो जग्गा झुक्याएर बिक्री गरेको अभियोगमा चितवन जिल्ला अदालतले भरतपुर ११ का गणेशबहादुर कुमाललाई ११ लाख रुपैयाँ धरौटी मागेको छ । धरौटी बुझाउन नसक्दा उनी कारागार चलान भएका छन् ।

naharकुमालले नारायणगढमा फलफूल बेचेर गुजारा गर्दे आएकी तेजकुमारी खरेललाई बेचेको १५ धुर जग्गा फर्जी पाइएपछि न्यायाधीश हिमलाल बेलवासेको इजलासले शुक्रबार यस्तो आदेश दिएको नागरिकमा खबर छ । खरेलले अघिल्लो वर्ष पुस १९ मा कुमालसँग उक्त जग्गा किनेकी थिइन् ।

‘मलाई भरतपुर बसेनीमा रहेको जग्गा देखाएका थिए । राम्रो लागेर किनें तर झुक्याएका रहेछन्, पछि मात्रै थाहा पाएँ,’ खरेलले भनिन् । किनेको ठाउँमा एक वर्षपछि घर बनाउन खोज्दा उनले आफू ठगिएको पाएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment