- दुर्घटनाग्रस्त विमान तस्वीर साैजन्यः दीकेश मल्होत्रा
२० फागुन, काठमाडौं । टर्कीस एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका त्रममा दुर्घटना भएको छ । तर, सबै यात्रु सुरक्षित छन् ।
टर्कीको इस्थानबुलबाट काठमाडौंका लागि उडेको बिमान बुधबार बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।
पटक-पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई बलपूर्वक अवतरण गराएका हुन् ।
भिडियो
त्यस क्रममा विमान दुई वटा रन वेको बीचको घाँसे मैदानमा दुर्घटना भयो । अवतरणका क्रममा विमानको अगाडिको पाग्रा नखुलेपछि विमानको अगाडिको भाग भूँईमा गएर जोगिएको छ ।
‘बाहिर केही देखिएको थिएन । तर, पटक पटक आकासमा घुमाएपछि केही गडबडी छ भन्ने लाग्यो’ यात्रु शशी पौडेलले अनलाइनखबरसँग भने-‘अतवरण भएपछि ठूलो आवाज आयो र दुर्घटना भयो भन्ने थाहा भयो ।’
उनका अनुसार त्यसबेला विमानभित्रका यात्रुहरु निकै आत्तिएका थिए । विमानभित्र रहेका लगेजहरु खेसेको थियो, जसले केही घाइते भएका छन् ।
अर्का यात्रु दीकेश मल्होत्राका अनुसार सुरुमा केही यात्रु भर्याङबाट आएपनि अन्यलाई भने आकश्मिक ढोका प्रयोग गरेर झरिएको थियो ।
पटक पटक वतरणको प्रयास गरेकाले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्दारका लागि सबै तयारी अवस्थामा राखिएको थियो । अधिकारीहरुका अनुसार विमान बलपूर्वक अवतरणका क्रममा पछाडिको भागमा आगो लागेपनि तत्काल नियन्त्रणमा लिइएको थियो ।
दुर्घटनामा विमानमा क्षति भएपनि सबै विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल प्रमुख वीरेन्द्रबाबु श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
लगेजले लागेर तथा स्केटिङ गर्दै बाहिर आउने क्रममा चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको छ ।
घाइतेको अवस्था सामान्य रहेको छ । विमानस्थलबाट बाहिरिएका यात्रुहरु ठूलो दुर्घटनाबाट बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।
उद्दारपछि खुसी साट्दै यात्रुहरू
तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर।
प्रतिक्रिया 4