News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ।
- नेपालका ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन र सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए।
- नेपालले पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएको थियो र दोस्रो खेल जिते शृंखला पनि जित्नेछ।
१३ असोज, काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाअन्तर्गत सोमबार भइरहेको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई बलियो लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाउँदै १७४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए ।
नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितेमा नेपालले एक खेल अगावै शृंखला पनि जित्नेछ ।
प्रतिक्रिया 4