
News Summary
Generated by OK AI. Editorially reviewed.- जीवनका अप्रत्यासित घटनाले डर लाग्छ, तर उतारचढावहरू ऋतु जस्तै पूर्वनिर्धारित छन् भन्ने महसुस हुन्छ।
- उमेरसँगै महत्वका परिवर्तनले वितृष्णा कि मोह भन्ने द्विविधामा पुर्याउँछ।
- सपना पूरा भएपछि सफलता मिल्छ कि सफलता पछि सपना पूरा हुन्छ भन्ने प्रश्नले जीवनको उद्देश्यबारे सोच्न बाध्य पार्छ।
दिन बिग्रिएपछि राशि हेरिन्छ कि,
राशि हेरेपछि दिन बिग्रिन्छ ?
सपना पूरा भएपछि सफल भइन्छ कि,
सफल भएपछि सपना पूरा हुन्छ ?
यस्ता कैयौँ प्रश्न को चाङ छ अहिले मसँग !
त्यही प्रश्नहरू नै फेरि आफैँ उत्तर पनि भैदिन्छ्न् !
कहिलेकाहीँ कथा एक भागको भैदिन्छ ,
खुसी जस्तै !!
क्रमश: होस चाहन्छु समाप्त भैदिन्छ !
अप्रत्यासित कुराहरू बाट डराउँछु म !
जीवनमा क्रमैसँग चलिरहेको उतारचढावसँग भन्दा !
किनकि तिनीहरू अप्रत्यासित हैन पूर्वनिर्धारित छन्,
ऋतु जस्तै !
उद्देश्य पुग्नु नै हो तर पुगेर भेटिने गन्तव्य के त ?
उमेरसँगै फेरिँदै गएका महत्वहरूलाई म के ठानुँ ?
हिजो के-के न लाग्ने कुरा आज केही न केही किन लागिरहेछ यसलाई वितृष्णा ठानुँ कि मोह !
मोह आफ्नै आत्मशान्तिको ? म पुगेँ ?
कहाँ पुग्छु भनेर हिँडेको थिएँ त्यहाँ ?
कि ब्यूँझियो भ्रम र पुग्नै कतै छैन !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4