Comments Add Comment

रोमान्चक जितसँगै बंगलादेश सुपर एटमा, इंग्ल्याण्ड बाहिरियो

England-v-Bangladesh

२५ फागुन, काठमाडौं । इंग्ल्याण्डविरुद्ध १५ रनको रोमान्चक जित हात पार्दै बंगलादेश विश्वकप क्रिकेटको सुपर एटमा प्रवेश गरेको छ ।

हारसँगै इंग्ल्याण्ड समूह चरणबाट घर र्फकने भएको छ । समूह ए बाट न्यूजिल्याण्ड र अष्ट्रेलियासँगै श्रीलंका र बंगलादेश सुपर एटमा पुगेको छ । स्कटल्याण्ड अंक बिहीन छ र विश्वकपबाट बाहिरिसकेको छ ।

एडिलेड ओभरमा बंगलादेशले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम ९ बल खेल्नुअघि २६० मा अलआउट भयो ।

इंल्याण्डको सुरुवात मध्यम रहृयो । मोइन अली र इयान बेलले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे । अली १९ रनमा आउट भए ।

दोस्रो विकेटका लागि एलेक्स हेल्ससँग ५४ रनको साझेदारी गरेका बेलले तेस्रो विकेटका लागि जोए रुटसँग २४ रनको साझेदारी गरे । हेल्स २७ मा आउट भए, जतिबेला इंग्ल्याण्डको स्कोर १२१ रन थियो ।

थप १० रन बनाउँदा दुई विकेट गुमायो । ओइन मोर्गान शुन्य र जेम्स टेलर १ रनमा पभेलियन फर्किए । तर, जोस बट्लरले इंल्याण्डको पारी सम्हाले । उनले छैटौं विकेटका लगि जोए रुटसँग ३१ रनको साझेदारी गरे । रुट २९ रनमा आउट भए ।

टर्निङ प्वाइन्ट 

बटलरले क्रिस वोक्ससँग सातौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई जित आश देखाए । तर, बटलर ६५ रनमा महमदको बलमा आउट भएपछि इंग्ल्याण्ड धरसायी बन्यो ।

वोक्स क्रिजमा टिकिरहे पनि उनीलाई कुनै पनि ब्याट्सम्यानले साथ दिन सकेनन् । ४९ औं ओभरमा हुसेनले स्टुआर्ड ब्रोड र जेम्स एण्डरसनलाई बोल्ड आउट गर्दै बंगलादेशलाई रोमान्चक जित दिलाए ।

वोक्स ४५ रनमा अविजित रहे । बंगलादेशका रुवेल हुसेनले चार विकेट लिए । मोर्ताजा र तस्किनन अहमदले २-२ विकेट हात पारेका छन् ।

महमुदुल्लाहको कीर्तिमानी शतक 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशको सुरुवात भने राम्रो थिएन । तर, महमुदुल्लाहको कीर्तिमानी शतकको मदतमा बंगलादेशले ५० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन बनायो ।

बंगलादेशले ८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, महमुदुल्लाहले तेस्रो विकेटका लागि शौम्य सरकारसँग ८६ रनको साझेदारी गरे ।

Mahmudullah

तेस्रो विकेटका रुपमा शौम्य ४० रनमा आउट भए । थप ५ रन जोड्दा सकिव अल हसन २ रनमा पभेलियन फर्किए, जतिबेला बंगलादेशको स्कोर ९९ रन थियो ।

तर, महमुदुल्लाहले मुस्फिकर रहिमसँग १४१ रनको कीर्तमानी साझेदारी गरे । यो बंगलादेशले विश्वकपमा बनाएको ठूलो साझेदारी हो ।

विश्वकपमा शतक प्रहार गर्ने पहिलो बंगलादेशी बनेका महमुदुल्लाह १०३ रनमा आउट भए । रहिमले मात्र ७७ बलमा ८९ रनको महत्वपूर्ण पारी खेले ।

इंग्ल्याण्डका जेम्स एण्डरसन र क्रस जोर्डनले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment