+
+

एन्जलको सम्झनामा आँशु र आक्रोश प्रदर्शन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २६ गते २०:३०

२६ फागुन, काठमाडौं । नेपालीहरुमा अब मानवीय संवेदना हराएकै हो ? दिन दिनै बालिका बलात्कार र हत्या हुँदा पनि हामी किन चूप छौं ? आफूलाई नपरेसम्म कोही नबोल्ने ? यस्तै प्रश्न गर्दै मंगलवार विहान महाराजगन्जस्थित शिक्षण अस्पताल अगाडि केही मान्छेले प्रदर्शन गरे ।

enjal2

फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालहरुमा भएको आह्वान अनुसार जम्मा भएका उनीहरुले स्वस्फूर्त रुपमा बाराको कलैयामा बलात्कृत ६ वर्षीया बालिका एन्जलको नाममा आँशु र आक्रोश व्यक्त गरे ।

बालिकाको समयमै उपचार गर्न नसक्ने स्थानीय प्रशासनको बिरोध गरे । अनि बालिकाका पीडित परिवारलाई क्षतिपूर्ति र पीडकमाथि हदैसम्मको सजायको माग गरे ।

ती स्वस्फूर्त रुपमा उत्रिएका प्रदर्शनकारीलाई साथ दिन महिला अधिकारकर्मी तथा बरिष्ठ अधिवक्ता सपना प्रधान मल्ला, अनुराधा कोइराला लगायतका केही चिनिएका अनुहार पनि सहभागी भएका थिए ।

enjal1

बालिकाहरु घर घरमा असुरक्षित हुन थालेको र अपराधीहरुको मनोबल पनि बढ्दै गएको सन्दर्भमा अब कोही पनि चूप लागेर बस्न नहुने सन्देश दिन आफूहरु भेला भएको तामाङ युवा समाजका अध्यक्ष निरोज लामाले बताए ।

कान्ति बाल अस्पतालमा शनिवार अपरान्ह निधन भएकी बलात्कृत बालिका एन्जलको पोष्टमार्टम पछि अन्त्येष्टी हुनुअघि अस्पताल परिसरमै प्रदर्शन र नाराबाजी भएको थियो ।

प्रदर्शनकारीहरुले हातमा प्लेकार्ड र निधारका बिरोधको प्रतिक कालो पट्टी बाँधेका थिए । समाजलाई ब्युँझ भन्नका लागि यस्तो प्रदर्शन भएको उनीहरुले बताए ।

enjal3

enjal-4

तस्वीरः निरोज लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?