Comments Add Comment

पारस शाहलाई धरौटीमा छाड्न थाई अदालतको आदेश

२६ फागुन, काठमाडौं । थाइल्याण्डमा थुनामा रहेका पूर्वयवराज पारस शाहलाई त्यहाँको एक अदालतले छाड्न आदेश दिएको छ ।

नोङखोई प्रान्तीय अदालतले यस्तो आदेश दिएको हो । थाइल्याण्डस्थित पारसका साथी सुनिल खड्काले अनलाइनखबरसँग भने-‘भोलि वा पर्सी रिहा हुनेछन् । धेरै दिन लाग्दैन ।’

Paras-shaha

खड्काका अनुसार बैंककस्थित पारस बस्दै आएको झण्डै एक करोड पर्ने अपार्टमेन्ट धरौटीमा राखिएको छ । अदालतले २६ मार्चमा तारिख तोकेको छ ।

लागू औषधसहित पक्राउ परेका शाहले अब जेल बाहिरै बसेर मुद्दा लड्न सक्ने छन् । मार्च अन्तिममा उनको मुद्दाको फेसला आउने सम्भावना छ ।

पारसका साथी खड्का अनुसार अदालतले उनलाई नेपालको पूर्वयुवराज भएको प्रमाण समेत मागेको छ । ‘यो थाई अदालतले पारसलाई सहयोग गरेको र न्याय दिएको मलाई लागेको छ’ खड्काले भने ।

अहिले पारसको स्वास्थ्य राम्रो रहेको छ । अदालतको आदेशपछि पारस खुसी रहेको र उनले ‘आफूविरुद्ध कसैले खेलिरहेको छ’ भन्ने प्रतिक्रिया दिएको खड्काले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment