Comments Add Comment

काम गरेन निशाको एक्सनले

फाइल फोटो
फाइल फोटो

चलचित्रको सफलता र असफलता कलाकारको स्टारडम, कथावस्तु, गीतसंगीत र प्रचारशैलीमा निर्भर रहन्छ । नेपाली चलचित्रमा यी सबै कुराहरुको अभाव हुँदा चलचित्र चल्न छाडेका छन् । महंगो लगानीमा बनेका चलचित्रले पोष्टरको पैसा पनि नउठाएको स्वयंम निर्माता नै बताउँछन् ।

‘फस्ट लभ, लुट, छड्के’ जस्ता चलचित्र निर्माण गरेका माधव वाग्ले र नरेन्द्र महर्जनको ‘मिसन पैसा २’ले उनीहरुलाई सुरक्षीत गर्न सकेन । यो कुरा स्वयंम निर्माता माधव वाग्ले पनि स्विकार्छन् ।

चलचित्रले आफूहरुलाई पूर्ण रुपमा घाटा लगाएको तर्क माधवको छ । चलचित्रमा नायिका निशा अधिकारी, हर्षिका श्रेष्ठ, रेश महरठ्ठा लगायतका कलाकारको अभिनय छ ।

निशाको एक्सन पाटोलाई मुख्य केन्द्रमा राखेर यो चलचित्र निर्माण गरिएको थियो । तर, निशाको एक्सनले दर्शकलाई हलसम्म तानेन, जसका कारणले निर्माताले व्यापारिक सफलता कायम गर्न सकेनन् । निशाको असफल चलचित्रको सूचीमा यो चलचित्र पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment