२७ फागुन, काठमाडौं । समुद्रको किनारमा पानीको छालसँग खेल्दै रमाउने इच्छा कसको हुँदैन होला र । तर, इच्छा हुँदैमा सबैले यो अवसर भने प्राप्त गर्दैनन् ।
सबै मुलुकहरु समुद्रसँग जोडिएका छैनन् । जति मुलुक समुद्रसँग जोडिएका छने, ति मुलुकहरुले समुद्रबाट राम्रो लाभ लिइरहेका छन् । यातायात तथा परवाहनका लागि मात्र नभई समुद्र पर्यटक आकषिर्त गर्ने प्रमुख आधार बनेको छ ।
पछिल्लो समय सामुद्रिक किनारहरु प्रमुख पर्यटकीय गन्तव्य बनिरहेका छन् । वर्षेनी करोडौं पर्यटकहरु समुद्रको किनारमा रमाउन पुग्ने गर्छन् । कतिपय देशहरुको प्रमुख पर्यटकीय प्रोडक्ट भनेकै समुद्रको किनार मात्र रहेको पाइन्छ ।
समुद्रमा रमाउने पर्यटक बढ्न थालेपछि यसले अन्तर्राष्ट्रिय पहिचान पाउन थालेको छ । समुद्रमा बोटिङ, स्केटिङ, स्वीमिङ लगायतका विभिन्न गतिविधिहरु सञ्चालन गरेर पर्यटक तान्ने होडबाजी चलिरहेको पाइन्छ ।
पर्यटकहरुले पनि आफु पुगेको समुदि्रक किनारको बारेमा जानकारी दिँदै अरुलाई पनि घुम्न उत्प्रेरित गर्न थालेका छन् । यही क्रममा विश्वको प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले पर्यटकको समिक्षाका आधारमा आधारमा २५ वटा प्रमुख सामुद्रिक किनार सार्वजनिक गरेको छ ।
सन् २०१४ मा भ्रमणमा निस्किएका लाखौं पर्यटकको भोटिङबाट ट्रिप एडभाइजरले विश्वका ‘टप २५ बीच’ सार्वजनिक गरेको हो । यसरी २५ भित्र पर्ने सामुद्रिक किनारहरु एशिया, यूरोप, अमेरिका, अफि्रका लगायतका मुलुकमा पर्छन् ।
यी हुन् २५ सामुद्रिक किनार

























प्रतिक्रिया 4