Comments Add Comment

महमा चोपलिएका निर्वस्त्र मोडलहरु (फोटो फिचरसहित)

honey  (1)

एकजना फोटोग्राफरले निकै विचित्रका तस्वीरहरु सिर्जना गर्नेका छन् । निर्वस्त्र युवती र आपसमा अंकमालमा हराएका निर्वस्त्र वैशालु जोडीलाई महमा चोपलेर अनौठो फोटोशूट उनले गरेका छन् । वैशालु तन्नेरीहरु मात्र कहाँ हो र बालक देखि लिएर ८५ वर्षकी महिला र कुकुरलाई समेत महमा डुबाएर रोचक फोटो श्रृंखला तयार पारेका छन् उनले ।

अमेरिकी फोटोग्राफर ब्लाक लिटिललाई मह खाइरहेको बेलामा यस्तो आइडिया फुरेको रहेछ ।

उनको ‘पि्रजर्भेसन’ शीर्षकको मह फोटो श्रृंखलामा डेढ वर्षको बालक र ८५ वर्षकी वृद्धालाई समेत महले छोपिएको छ । डेढ घण्टासम्म जिउभरी लछ्रप्पै मह खन्याएर फोटो खिचाउन कतिपयले निकै असजिलो मानेका र कतिपयले भने सजिलैसँग त्यो अनुभव बटुलेका उनले बताए ।

फोटो सिरिजका लागि उनले हरेक हप्ता १ हजार पाउण्ड मह खर्च गरेका थिए । फोटोशूटमा सहभागी हुनेहरुको जिउबाट चुहिने महलाई संकलन गरी पुनः प्रयोग गरिएको थियो ।
महले नुहाएका मानिसहरुलाई विभिन्न आकार प्रकारमा पोज दिन लगाएर उनी तस्वीर खिचे ।

फोटोसूटमा सहभागी एक मोडेलले आफ्नो जिउमा मह खनाउँदा उनलाई सुरुमा निकै चिसो भएपछि विस्तारै जिउ तात्दै गएको र आफुलाई सुरक्षित अनुभुति भएको बताइन् । कतिपयले भने एक घण्टासम्म महमा चोपलिँदा निसास्सिएको अनुभुति हुने बताए । उनका मह तस्वीरहरु अपि्रल १८ सम्मका लागि लस एन्जल्सको कोपेकिन ग्यालरीमा प्रदर्शनमा राखिएको छ ।

honey  (2) honey  (3) honey  (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment