Comments Add Comment

वृत्तचित्रमा ‘मितेरी गाउँ’

documentry

नेपालको पश्चिम कास्की जिल्लाको नामर्जुङ गाविसमा रहेको ताङतिङ र यूकेको विम्बिस तथा डेबडेन बीचको मितेरी सम्बन्धबारे तयार पारिएको वृत्तचित्र ‘मितेरी गाउँ : द ट्वीनिङ भिलेज, एन अनब्रेकएबल बोण्ड अफ प|mेण्डसिप’को काठमाण्डौमा प्रिमियर गरिएको छ ।

सन् २००७ देखि कायम भएको यी दुई स्थानको दौत्य सम्बन्धले पारेको सकारात्मक प्रभावलाई वृत्तचित्रमा देखाइएको छ । यो बृत्तचित्रको छायांकार, सम्पादक र निर्देशक भोजबहादुर गुरुङ हुन् । मुनाल फिल्मस् प्रालीले निर्माण गरेको यो वृत्तचित्रको डीभीडी कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेश चालिसे, पूर्व मेजर एवं सांसद दीपक गुरुङ र निर्देशक गुरुङले सार्वजनिक गरेका थिए ।

करिब २५ मिनेट लामो यो वृत्तचित्रमा दौत्य सम्बन्ध कायम भएपछि यूकेमा रहेका स्थानिय र त्यहाँका लाहूरे नेपालीले ताङतिङका लागि गरेको विकासलाई देखाइएको छ ।

वृत्तचित्रको निर्माता तथा निर्देशक भोजबहादुर गुरुङले ताङतिङको विकासका लागि आफुले वृत्तचित्रको विभिन्न स्थानमा च्यारिटी शो गर्ने र त्यसवापतको रकम गाउँको विविध क्षेत्रमा खर्च गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment