Comments Add Comment

हेर्नुहोस् ‘नाई नभन्नु ल ३’को ट्रेलर(भिडियो)

nai-navannu-la-3
बहुप्रतिक्षित चलचित्र ‘नाई नभन्नु ल ३’को ट्रेलर सार्वजनिक भएको छ । चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई मुष्कान ढकालले निर्देशन गरेका हुन् ।

चलचित्रका लेखक तथा निर्माता विकास आचार्य हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संचिता लुइटेल, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको विशेष भूमिकामा मुकेश ढकाल, गरिमा पन्त लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरमा माया, प्रेम, हाँसो र विछोडको कथालाई देखाइएको छ । निर्माता विकास आचार्यले चलचित्र राम्रो बनेको बताएका छन् । चलचित्रमा वसन्त सापकोटाले संगीत भरेका छन् । गीतसंगीतका कारण यो चलचित्र चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment