Comments Add Comment

एमाले-एमाओवादी र कांग्रेस-मधेसवादीवीच छलफल

२९ फागुन, काठमाडौं । संविधान निर्माणमा सहमति जुटाउन शुक्रबार बिहानैदेखि प्रमुख राजनीतिक दलहरु दुईपक्षीय छलफलमा जुटेका छन् ।

UML-Maoist-Meetingएमाले र एमाओवादीका नेताहरूबीच एमाले अध्यक्ष केपी अोलीको निवास बालकोटमा छलफल जारी छ । यसैगरी नेपाली कांग्रेस र मधेसवादी दलका नेताहरुवीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको छ ।

दुईपक्षीय छलफलपछि अपरान्ह चार दलको संयुक्त वार्ता हुने बताइएको छ ।

विहीबार अपरान्ह बालुवाटारमा भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । बालुवाटारमा नेपाली कांग्रेस र एमाओवादी नेतावीच छलफल भएको थियो । त्यसैगरी सत्तारुढ कांग्रेस र एमालेले पनि विहीबारै आन्तरिक छलफल गरेका थिए ।

कांग्रेससँगको विहीबारको छलफलमा सहमतिका लागि सत्तापक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने एमाओवादी नेताले माग गरेका थिए । कांग्रेसले पनि विपक्षी मोर्चासँग प्रदेश सम्बन्धी साझा खाका मागेको थियो ।

सत्तापक्षले ठोस प्रस्ताव नल्याए शनिबार दोस्रो चरणको आन्दोलन घोषणा गरिने एमाओवादी नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment