+
+

करेन्ट लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २९ गते १०:२८

२९ फागुन, कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

टेलिभिजन बन्द गर्नेक्रममा करेन्ट लाग्दा कञ्चनपुरको महाकालीपारी दोधारा–चादँनी नगरपालिका– १ भूमिराज टोलकी २८ वर्षीया दुर्गादेवी गिरीको मृत्यु भएको हो ।

बिहीबार राति घरमा टेलिभिजन हेरिरहेकी उनी सुत्नेबेलामा टीभी बन्द गर्न लाग्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँमा रहेको विद्युतको हाइटेन्सन लाइनमा आगलागी भएपछि उनी घरमा चलाएको टेलिभिजन बन्द गर्न गएका बेला करेन्ट लागेको इलाका प्रहरी कार्यालय दोधारा–चादँनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?