Comments Add Comment

देखो, मै तो ‘पिके ‘ हो गयी !

वसुधा नेपाल पोखरेल

मेरो दिल्ली डायरी पहिलो (स्तन क्यान्सरले आक्रान्त म..)  र दोस्रो (शरीरभित्र पनि घुस चल्दोरहेछ..) पढेपछि केही शुभचिन्तकहरुको अनुरोध थियो, मलाई “तपाईंको अार्टिकलले धेरैलाई प्रेरणा मिलेको छ… दु:खपछि खुशीको अनुभूति पनि लेख्नुहोस न” भनेर । त्यसैले आज यो पनि यहाँहरु समक्ष राख्दैछु ।
Basuda Nepal
अन्तिम छैठौ किमो र २८ डोजको रेडियोथेरापी लिन हामी पुन:  दिल्ली गयौँ ! साँघुरो कोठा जिनेशले हाम्रो लागि राखिदिएको रहेछ । मंसिर महिना असाध्य चिसो, रोहिणी-दिल्लीको दिक्कलाग्दो वातावरणमा। इको, ब्लड टेस्ट सबै गरेर अस्पातल भर्ना भएँ । किमो सुरु गरियो । सोच्दै थिएँ, अब दु:खका दिन पार हुनेछन् ।

दिल्ली रोहिणीको जनता कोलोनी, अत्यन्त निम्न आयस्तरका जनताका लागि भारत सरकारले व्यवस्था गरेको ठाउँ हो शायद । धन्न नेपाली जनता औषधीमूलो गर्न राजिव गान्धी क्यान्सर अस्पतालमा जिन्दगी बिताउनु पर्दा पाउने गरेका छन् भाडामा र जेन-तेन जिन्दगी बिताउँदैछन् त्यहाँ ।

किमोको ३ हप्ते समय बडो  कस्ट गर्दै बिताएँ । कमजोरी असाध्य बढेको थियो, थपिँदै थपिँदै । रेडिएसनका लागि  ‘डाई’ बनाउने काम गर्‍यो । किमो पिरियडमा बन्देज लगाएको काँचो सलाद, फलफुल अब खोल्नेवाला थियो डाक्टरले। कैले गर्याम गर्याम रसिलो स्याउ चपाएर खाउँ जस्तो भएको थियो आफुलाई ।

डा.  डीसी डोभलकोमा  अप्वाइन्टमेन्ट फलोअपका लागि थियो । देब्रे पट्टिको लिम्फनोड रिमुभ गरेकाले त्यो हात अलिक भारी भएर दुख्थ्यो । मैले भनेँ- डाक्टर ये हाथ है न, मेरे को कब से कोम्फोर्ट होगा, प्रब्लम होता है । जवाफमा- थोडा बहुत काम कर लिया कर ‘आटा गुँथ ले’ अपने आप नर्मल होजाएगा भन्यो । भारी मत उठाना ।

मन मन मा सोचें, चिया त पकाएर खान सक्दिँन, कैसे आटा गुथुँ ?

म आफु जहिले जस्तोसुकै अवस्थामा मरुँ , मेरा नजिकका आफन्तहरुलाई म मरेको ‘जूठो’ नबारिदिनुहुन  यसै लेखमार्फत अनुरोध गर्दछु

रेडिएसन सुरु भयो । डा. अन्जलीले मलाई सिकाउँदै थिर्इ रेडिएसनको पिरिएडभरि के गर्ने, के नगर्ने । रेडिएसन दिएको एरियामा बडी वाश, साबुन लगाएर नुहाउन नहुने रहेछ, लोसन, पाउडर  पर्फ्युम लाउन नहुने टबेलले रब गरेर पुछ्न नहुने, इनर वियर लगाउन नहुने, उलन कपडा लाउन नहुने । लुज अनि कटनको कपडा मात्र लगाउनुपर्ने इत्यादी । अरु कुनै रियाक्स्सन हुँदैन किमोको जस्तो । स्किन कलर चेन्ज हुने कुरा भनी उसले ।

रेडिएसनको मेरो डा. एस.के. शर्मा, उनले भनेको पनि सबै कुरा राम्ररी सुनें। ठट्टा गर्ने स्वाभावको रहेछ । आज का दिन ठीक है, सुरु कर ले रेडिएसन ।

कस्तो होला रेडिएसनमा भन्ने त लागेकै थियो । राति ८ बजेको स्केजुअल थियो मेरा लागि । भित्र बोलायो, सबै कपडा खोलेर सुतायो, डाई लगाइदियो कस्सेर । यदी आप को कोइ दिक्कत हुर्इ तो हाथ उठाना, वहाँ क्यामरा लगा है हम लोग आ जाएंगे, टेक्निसियनले भन्यो ।

अलि- अलि डर पक्कै थियो , थोरै मात्र आँखा खोलेकी थिएँ, मसिन कहिले मेरो दाँया पट्टि कहिले बाँया पट्टि, कहिले तल पट्टि त कैले माथिपट्टी, चारतिरबाट दिँदो रहेछ । मेरो आइएमआरटी थियो । तयारीसहित १० देखि १५ मिनटमा सकिन्थ्यो । प्रत्येक रातको ८ बजे मेरो रेडिएसन ।

किमो सकिएको र रेडिएसन शुरु भएकोले खाना सबै खुलेको थियो । सोचें, अब मेरा सबै कमजोरी भाग्ने छन् । म मज्जाले घुमफिर गर्न सक्ने हुनेछु ।

तर, के हुन्थ्यो, रेडिएसनपछि कम्जोरी त यस्तो बढ्यो कि म त भर्र्याङ् चढ्न न सक्ने, ओछ्यानमा घुँडा मोडेर बस्न पनि नसक्ने भएँ । खाना निल्न पनि असाध्य गार्हो । घाँटीमा अप्ठ्यारो भएजस्तो । रेडिएसनको प्रतेक एक हप्तामा डा. लाई भेट्नुपर्ने । एस् के शर्मालाई सबै कुरा भनेँ । उ त कैलाशजी तिर हेर्दै इस को कुछ भी नही हुवा है, ये ज्यादा चिन्ता करती है , ये पिने का बहना ढुढ रही, इसको कुछ पिला दो यार ।

म त एकछिन  छक्क परें  । मैले फेरि भने, हाँ डाक्टर कल रातको न मेरे को एेसा लग रहा था, कहीँ मेरो रेस्परेसन न रुक जाए । जवाबमा- देखो, देखो-  मैने बोला न, अरे तेरी जैसी दो चार पसेन्ट मेरे को मिल जाए तो मेरा रेस्परेसन बन्द हो जाएगा । हाँसोको फोहरा छुट्यो त्यहाँ ।

Bashudha-nepal

यती सबैभन्दा भन्दै पनि डा. ले मलाई रेन्टाक र भोभेरान दियो । जे होस् उसको इलाज गर्ने अन्दाज मज्जाको थियो । बिरामीलाई हाँस्दै रुमबाट पठाउने उसको तरिका राम्रो थियो । र, यो औषधिले मलाई काम गर्‍यो र हिँड्न र खाना खान अलिकति सजिलो महसुस गरें । नत्र भने त म रिक्सा पनि चढ्न  नसक्ने भइसकेकी थिएँ ।

……लाग्छ ….जिन्दगीले दिएका प्रत्येक कुरालाई अमुल्य उपहार सम्झेर अंगालेकी एउटी मानव हुँ म।

रेडिएसनको पिरिएडमा निरु भाउजू दिल्ली आउनुभएको थियो । किमोको कारणले मेरो कपाल गइसकेको थियो । परेला र आइ ब्रोले चाहिँ धर्म थामेकै थियो ममाथि । कलीला खानजी ले ‘हिजार’ ( मुस्लिम महिलाहरुले कपालमा लगाउने कपडा ) पठाइदिनुभएको रहेछ, म त्यही लगाएर डा. डोभल कहाँ गएँ । इको गर्नु थियो , डा. अजय पनि छेउ मै थिए, पछि भन्दै थिए, वही तो आवाज से वसुधा जैसा लगा लिवास से कन्फ्युज हो गया । मैले भनें देखो, मै तो ‘पिके ‘ हो गयी, मल मे भि गार्ड मुझे ‘आ सलामा लेकुम’  बोल्ते है मै ‘वा लेकुम सलाम ‘कर के चल्ती हुँ , लिवास से मेरी पहचान फरक हो गयी । ये मुझे नेपाल से मेरी फ्रेण्ड ने भेजी है ।

Basuda-Nepal-2

हम नेपाल मे हिन्दू-मुस्लिम बिल्कुल आपनी तरह रहते है, भनें । एकछिन रमाइलो माहोल भयो । उनीहरु पनि आफ्नो पेसेन्टलाई हाँसी खुशी देख्न चाहन्छन् ।

इको रिपोर्ट राम्रो रहेछ । हेर्क्लोन लिनुपर्ने भएकाले प्रत्येक ३-३ महिनामा इको गराउँदा रहेछन् । मेरो ब्रेस्ट क्यान्सरको लागि यो एकदम टार्गेटेड र इफेक्टिभ भए पनि हर्टमा केही असर पर्छ कि भनेर  सतर्क हुँदा रहेछन् ।

यो दिल्ली जेलबाट कैले छुटकारा पाइएलाजस्तो लाग्थ्यो । रुनु र खुशी हुनु त दैनिकी नै थियो । सेकेन्ड अप्सन त्यहाँभन्दा बाहिर अलिक अझै एड्भान्स चेकअप गराउने कैलाशजीको इच्छा त्यसका लागि प्रयास जारी नै थियो । नेपालमा फोन सम्पर्क भइ नै रहन्थ्यो । कैले पोजिटिभ कैले बायस पाइ नै रहें मैले नेपालमा ।

‘यस्तै हो जिन्दगी, जसरी सिकाउँछ, त्यसै गरी बाँच्न सक्नुपर्छ हामीले’

कैलाशजीले सँगै काम गर्नुभएको वहाँको सिनियर बोस चिरन्जिबी सरकी श्रीमती म्याडम पनि बिरामी भएर आउनुभएको रहेछ । कैले काहिँ जान्थ्यौं हामी भेट्न । पेटको क्यान्सरले वहाँलाई थला पारेको देख्दा असाध्य पीडा हुन्थ्यो मलाई । सपरिवार, श्रीमान र छोराछोरी सहित दिल्ली आउनुभएको रहेछ । आफुले जानेको कुरा सिकाएर वहाँको आत्मबल बलियो बनाउने कोसिस गर्थें म ।

मन न लागे पनि बलियो हुनलाई खाना चाँही जुन तरिकाले मीठो लाग्छ, खानु पर्छ भन्थें । मन बडो उदास हुन्थ्यो वहाँ र परिवारलाई देख्दा ।

‘यस्तै हो जिन्दगी, जसरी सिकाउँछ, त्यसै गरी बाँच्न सक्नुपर्छ हामीले’ ।

रेडिएसन पिरियडभरि हाफ बाथ मात्र गर्थें म । त्यो पनि डरार्इ डरार्इ । एसके शर्मालाई भनें – मै कब से दिल खोल के नहा पाउंगी बडी वास लगा के ? जवाफमा- क्यु ? स्विमिङ पुल मे जा के दायी ओर युँ युँ कर के नहाले, किसने रोका है तुझे ?

बडो रमाइलो डाक्टर , पेसेन्टलाई हँसाइराख्ने ! क्यान्सर पेसेन्टका लागि यो अति आवश्यक हुन्छ ।

रेडिएसन सकियो । रिपोर्ट इम्प्रेसन आयो । राम्रो नै रहेछ । ‘योर बडी टोलोरेटेड भेरी वेल, स्किन कलर भी उतना ब्लाक नही, गूड !’ भन्यो डक्टरले ।

रेडिएसनले स्किनदेखि अरु सबै कुरा नर्मलमा फर्किन करीब एकदेखि दुई महिना लाग्दोरहेछ ।

डाक्टरको सल्लाहअनुसार नेपालको लागि टिकट लिएका थियौ । यसपटक चेकिङ पोइन्टमा अलि जान्ने महिला पुलिस नै थिर्इ । सजिलै क्लियर गरी।

Basuda-nepal-3
नेपाल आए पनि त्यति सार्वजनिक कार्यक्रमहरुमा निस्केकी थिइँन म । डा. को सल्लाह अनुसार घरमै  छु । एक दिन मेरो साथी नवको म्यासेज आयो ” मेरो किताव विमोचन छ , इफ यू हाएव टाईम कम अन मन्डला थिएटर ” न जाउँ – डायलग खानुपर्ला जस्तो लाग्यो । कैलाशजीले नै पुर्याइदिस्यो त्यहाँ ।

रमाइलो अनुभुत भइरहेको थियो – आज नयाँ जिन्दगीका साथमा म मेरा साथी नव सिलवालको ‘थोत्रो छाता ‘ को विमोचन कार्यक्रममा सहभागी हुन पाएकी थिएँ । मेरा साथीहरु नव र कल्याणले भन्दै थिए, बसुधालाई आज यहाँ यसरी देख्न पाउँदा खुशी लाग्यो । कल्याण भन्दै थियो फेसबुकमा तिम्रो फोटो देख्दा त अब बसुधा यति नै होलाजस्तो लाग्या थियो । जे होस् नयाँ जिन्दगी पाएकाले साथीहरुसँगको भेटघाट रमाइलो भो मलाई पनि , ‘नत्र त म बसुधा मेरी साथी थिर्इ  मा’ पुगिसकेकी हुन्थें ।

त्यसपछि भिष्म उप्रेतीजीको ‘काठमाडौं र अझ पर एक बदलिँदो तस्विर’  पुस्तक विमोचनमा बडा श्रद्धा गरेर बोलाउनुभयो । कैलाशजी र म गयौँ । डा. सरोज धिताल, सुलोचना मानन्धर धिताल, बिष्णु बिभु घिमिरे लगायतले मेरो स्वास्थका बारेमा चासो राख्नु भयो । डा. धिताल मलाई धाप मारेर भन्दै हुनुहुन्थ्यो, यु आर अ ब्रेभ । तपाईंको लेखले अरुलाई पनि प्रेरणा दिन्छ । आफ्नो कुरा यसरी खुलेर राख्दा आत्मविश्वास पनि बढ्छ ।

हाम्रो बैंककी सबैभन्दा कान्छी बैनी, आज क्रिकेटर पारस खड्कासँग उसको बिहा । नगएर के बस्न सक्थें ?

सुलोचना मानन्धर मेरी ठुली भाउजूकी साथी । उहिल्यैदेखि चिनेको र भित्रभित्रै श्रद्धा गर्छु म वहाँलाई ।

प्राप्ति राज्यलक्ष्मी राणा हाम्रो कमर्ज एण्ड ट्रष्ट बैंकमा सँगै काम गरेकी बहिनी । म्यासेज गरिछ -आइ एम गेटिङ म्यरिड दि । प्लिज कम । योर प्रेजेन्स इज आवर अनर ‘ । हाम्रो बैंककी सबैभन्दा कान्छी बैनी, आज क्रिकेटर पारस खड्कासँग उसको बिहा । नगएर के बस्न सक्थें ? अफिसदेखि नै खुब माया गर्थें म उसलाई । कैलाशजीले नै पुर्याइदिस्यो ।

झम झम पानी परेको थियो , लाग्थ्यो प्रकृति पनि आज रमाइरहेको छ पारस र प्राप्तीसंगै । गएर बेहुली  र बेहुलालाई आशिर्वाद दिएँ । पारस भन्दै थिए- यू टेक केयर हजुर । थ्यांक्स फर कमिङ ।

अरु पनि भेट भए। रमाइलो भयो । बिजया- भन्दै थिर्इ  ‘नाई’– दी  को दु:ख को कुरा आज न निकाल्ने, म सुन्न पनि सक्दिँन ।

यसैगरी रमाएर बाँच्नु नै त हो जिन्दगी, र त रमाउदैथिएँ  म बेस्करी नयाँ जिन्दगीसँग  ।

मेरा ससुरा बुबाको एन्जिओग्राफीको कुरा गर्न हामी धुलिखेल अस्पताल डा. राजेन्द्र कोजुकहाँ पुगेका थियौं कैलाशजी अंकित अनि म ।  पहिलोपटक हाम्रो परिचय भएको थियो । असाध्य हम्बल, सहयोगी स्वाभावको, मनैदेखि सेवा गरौं भन्ने भावना भएका डाक्टर रहेछन् राजेन्द्र कोजु । मैले ओन्कोलोजी डिपार्टमेन्ट छ कि छैन सोधें ।  मलाई जहाँ जाउ, जो सँग भेटुँ , अचेल एउटा कुरा सधैं मनमा आउँछ –

” नेपाल सरकारले म्यामोग्राफी बर्षको एक पटक  कम्पलसरी र फ्री सर्भिस दिने व्यवस्था गरिदिए मजस्तो अरु महिलाले दु:ख त पाउने थिएनन् ”।

आफुलाई परिसकेपछि अलि बढी चासो हुन्छ । अचेल मैले २०- २२ बर्षका केटीहरुलाई पनि ब्रेस्ट क्यान्सर भएको सुन्न थालेकी छु । सुन्दैखेरि असाध्य पीडा हुन्छ मलाई भित्रभित्र । उसका सबै दु:ख आफ्नो जस्तै लाग्छन् ।

क्यान्सरको पेसेन्ट दयाका पात्र होइनन्, मायाचाहिँ गरिराख्नु पर्छ

बिस्तारै म बलियो पार्दैछु आफूलाई । फिजिकल्ली फिट भए पनि मेन्टली फिट हुन अलि समय लाग्दोरहेछ । सधैं एउटा प्रश्न घुमिरहन्छ, मलार्इ क्यान्सर किन र कसरी भयो ? सम्झेर अझै पनि सार्है भक्कानिन्छु बेला बेलामा ।

मेडिकल साइन्सले छिट्टै पत्ता लगाए हुन्थ्यो नि  कारण कमसे कम प्रिकसन त लिन सकिन्थ्यो ।

 रमाएर बाँच्नु नै त हो जिन्दगी

आत्मविश्वाश ढल्मलिन दिन हुन्न । ह्यापेन इज ह्यापेन । भयो भयो । के गर्ने त । प्रिकसन नभएको कुरालाई के नै गर्न सकिन्छ  र ?  बियोण्ड आवर कन्ट्रोल ।

क्यान्सरको पेसेन्ट दयाका पात्र होइनन्, मायाचाहिँ गरिराख्नु पर्छ ।

मलाईलाग्छ क्यान्सरको बिरामीलाई कहिल्यै दयाको पात्र बनाएर हेरिनु  हुन्न । रोग हो, जो कसैलाई पनि लाग्न सक्छ । कसैलाई सुगर लाग्या हुन्छ, कसैलाई  के । जे पनि रोग हो । कुनै पनि रोगलाई पूर्वजन्मको कुरा भनेर जोडिनुहुन्न । सबैको जीवन एकदिन मरेर जान्छ । कोही केही निहुमा मर्छन्, कोही केही निहुमा । अजम्बरी कोही हुँदैन । जाने एउटा बहाना मात्र हो ।

कोही मान्छे क्यान्सरको बिरामी देख्यो कि अँध्यारो मुख लगाएर हेर्छन् । बिरामी भेट्दा हाँसीखुशी भेट्नुस् । कुनै अपराध गरेर उस्लाई रोग लागेको होइन । क्यान्सर भयो भन्दैमा अँध्यारो मुख लगाएर किन भेट्ने ? खुशी खुशी भेट्नुस् । सक्नुहुन्छ ढाढस दिनोस्, सक्नुहुन्न, पुरातन कुरा गरेर बिरामीलाई हरेस खाने न बनाउनोस् । बिशेष गरी गाउँ-घरतिर यस्तो देखिन्छ । सोचमा परिवर्तन  ल्याउनस् ।

छोरा अंकित केही दिनको बिदामा नेपाल आएको छ । छोरासँग बस्न पाउँदा एकदम रमाइलो हुन्छ मलाई । सधैं भन्छ, नआत्तिस्यो न ममु, त्यस्तो कडा उपचार भएको छ, पुरै नर्मल हुन अझै समय लाग्छ । उसको कुराले मलाई खुब भरोसा दिन्छ ।  धेरै दिनदेखि उसलाई एउटा कुरा भन्ने मन थियो, आज भनें । भनुँ कि न भनुँ भन्दै । कैलाशजीलाई त पहिल्यै सोधीसकेकी थिएँ । बाबुसँग सोध्नुपर्छ भनिस्या थियो ।

मैले मेरो दिल्ली ‘डायरी एक’ मा शरीर दानको इच्छा भनेकी थिएँ ।  मेरो एक मन थियो शरीर डोनेट गर्ने । छोरा अंकित आफै डाक्टर भएकाले उसले भन्यो, नाइ ममु,  हामीलाई एमबीबीएस फस्ट इयरमा एनाटोमी पढ्दा, प्राक्टिस गर्दा त कस्तो कस्तो लाग्छ । उसले नराम्रो मान्यो । उसले दुई तीनपटक नै नाइ भन्यो ।’ म मेरो छोराको मन दु:खाउन चाहन्न । त्यसैले त्यो सोच मैले मनबाट हटाइदिएँ ‘।

सबै दु:खका आँशु पुछेर हेर्नुस् त ओठका मुस्कानसँगै खुशी खोज्नुहोस् त खुशी तपाईंलाई कुरिरहेकी छे

 जिन्दगी धेरै देखें , धेरै भोगें , संसारको उत्कृष्ठ  सुख र अति दु:ख । यो भन्दा अरु के नै होला र ?

मलाई मरेपछिको जिन्दगीमा विश्वाश छैन । मलाई कुनै पनि कुरामा ढोंगीपना मन पर्दैन । म आफु जहिले जस्तोसुकै अवस्थामा मरुँ , मेरा नजिकका आफन्तहरुलाई म मरेको ‘जूठो’ नबारिदिनुहुन  यसै लेखमार्फत अनुरोध गर्दछु ।

हुनत म अझै उपचारकै क्रममा छु, उपचार अझै सकिएको छैन । तर, मलाई विश्वाश छ मैले क्यान्सरलाई जित्ने छु । मैले मेरो आत्मविश्वाश एक इन्च पनि घट्न दिन हुन्न ।

मैले आफ्नो  कार ०७१ असाढदेखि चलाउन छोडेकी थिएँ ।  कैलाशजीले मलाई मेरो आत्मविश्वास कम हुन नदिन पलपल सहयोग गरिरहनुहुन्छ । ” तिमी गाडी चलाएर अफिस गएर आउ” । मैले पनि आँट गरेँ । देब्रे हातले गियर र ह्यान्ड ब्रेक लगाउन गार्हो होला कि जस्तो लाग्या थियो । तर, ड्राइभ गर्न सकेँ । बानेश्वरबाट कमलादी ग्लोबल आइएमइ आफ्नो बैंकसम्म पुर्याएर ल्याएँ ।

हिम्मत गर्नुपर्दो रहेछ, चाहना पूरा हुँदोरहेछ असाध्य  खुशी  लाग्यो  आँफैलाई  आफूसँग ।

दु:ख र आँशु मात्र होइन जिन्दगी, सुख र खुशी पनि हो जिन्दगी । त्यसैभित्र खुशीको पाटो पनि छ खोजी हेर्नुस् त । अनि सबै दु:खका आँशु पुछेर हेर्नुस् त ओठका मुस्कानसँगै खुशी खोज्नुहोस् त खुशी तपाईंलाई कुरिरहेकी छे । तपाईंको ओठमा मुस्कान देख्न कति लालायित छन् परिवारका सदस्य ? हाम्रो आँसु देख्दा पीडा हुन्छ हाम्रो परिवारलाई ।

संसार कति रमाइलो छ, यो हामी मृत्यु पश्चात देख्न पाउने छैनौँ । आफ्नो मायालु परिवारसँगको सुख कहाँ पाउनु । यति रमाइला साथी संगीको माया कहाँ देख्न पाउनु ?

बानेश्वर , काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment