Comments Add Comment

यी हुन् रियल लाइफ गजनी, ५ मिनेटमा भुल्छन् सबै कुरा

ttttt

बलिउड फिल्म गजनी हेर्नेहरुले त्यसको पात्र गजनी अर्थात् आमिर खानको सबैकुरा बिर्सिने विचित्र रोगका विषयमा थाहा पाउनु नै भएको छ । यो फिल्मको कुरा न भयो । यथार्थ जिवनमा भने यस्तो सायदै हुन्छ । ताइवानका एक युवा भने साँच्चीकै गजनी नै छन् ।

ताइवानको शिन्चु प्रान्तमा बस्ने २५ वर्षका चेन होंग्जी रियल लाइफमा गजनी जस्तै छन् । उनमा तत्कालै बिर्सिने अचम्मको समस्या छ । उनले एकपटक सुने जानेको कुरा ५ मिनेटमै बिर्सिन्छन् । ५ मिनेट पहिले आफ्नो जिन्दगीमा के भएको थियो र अब के गर्नुपर्ने हो उनलाई थाहा हुँदैन ।

यस्तो समस्याबाट गुजि्ररहेका चेनले सबै कुरालाई याद गर्नका लागि नियमित रुपमा डायरी लेख्ने गर्छन् ।

चेन जब १७ वर्षका थिए उनी कार दुर्घटनामा परे र टाउकोमा चोट लाग्यो । त्यसपछि उनलाई स्मरण गुम्ने यस्तो समस्या देखा परेको हो । सुरुमा त उनले कुनैपनि कुरा सम्भिmनै सक्दैनथे तर उपचार पछि भने ५ देखि १० मिनेटसम्मका लागि कामकुरा सम्झिन सक्ने भए ।

आफुले लेखेको डायरी सधैभर आफ्नो साथमा राख्ने र त्यसमा पल पलका गतिविधि लेख्ने गरेको उनको भनाइ छ, चाहे घरभित्र होस् वा बाहिर ।

चेनकी आमा मियाओ चिओंगलाई आफ्नो छोराको अवस्था देखेर निकै चिन्ता लाग्छ । अहिले त आफुले छोरालाई राम्रै स्याहा गरिरहेको तर आफ्नो मृत्युपछि छोराको बेहाल हुने डर उनमा छ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment