+
+

माइक्रोसफ्टले बन्द गर्दैछ इन्टरनेट एक्स्प्लोरर

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ५ गते १७:११

internet-exp
माइक्रोसफ्ट कम्पनीले आफ्नो बहुचर्चित वेब ब्राउजर इन्टरनेट एक्स्प्लोररलाई प्रतिस्थापन गर्ने निर्णय गरेको छ ।

एक्स्प्लोरर बन्द हुने हल्ला गएको डिसेम्बर देखि नै चल्दै आएको भएपनि माइक्रोसफ्टले बल्ल आएर आधिकारिक रुपमा यसको पुष्टि गरेको हो । इन्टरनेट एक्स्प्लोररलाई नयाँ वेब ब्राउजरले प्रतिस्थापन गर्नेछ जसलाई माइक्रोसफ्टले कोड नाम ‘प्रोजेक्ट स्मार्टन’ दिएको छ ।

माइक्रोसफ्टको नयाँ ब्राउजर गुगलको क्रोम जस्तै स्वरुपको हुने विश्वास गरिएको छ जुन विद्यमान इन्टरनेट एक्स्प्लोरर भन्दा निकै तिब्र गतिको हुनेछ ।

माइक्रोसफ्टका बजार विभाग प्रमुख क्रिस क्यापोसेलाका अनुसार कम्पनीले नयाँ ब्राउजरको नाम जुराउन गृहकार्य गरिरहेको छ र नयाँ अपरेटिङ सिस्टम विन्डोज १० मा सम्भवतः यसलाई देख्न पाइनेछ । माइक्रोसफ्टले यहीँ वर्षमै विन्डोज १० ल्याउँदैछ ।

दि भर्जमा छापिएको खबर अनुसार माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टममा नयाँ ब्राउजर राख्ने भएपनि इन्टरनेट एक्स्प्लोररलाई पनि निरन्तरता दिनेछ । तर इन्टरनेट चलाउने मुख्य ब्राउजरको रुपमा भने नयाँ आउने ब्राउजर नै रहनेछ ।

माइक्रोसफ्टको इन्टरनेट एक्स्प्लोरर ब्राउजरको पछिल्लो संस्करण इआइ सिक्स निकै असफल तथा असुरक्षित भएको भन्दै विश्वका सर्वकालीन खराब टेक प्रडक्टको रुपमा बदमान भएपछि माइक्रोसफ्टले वेब ब्राउजरको रिब्रान्डिङको सोँच बनाएको थियो ।

सन् १९९५ मा विन्डोज इन्टरनेट एक्स्प्लोररको नाममा सुरु भएको यो ब्राउजरले सन् २००३ सम्म आउँदा इन्टरनेट एक्स्प्लोररको बजारमा ९५ प्रतिशत हिस्सा ओगटेको थियो । तर त्यसपछि प्रविधि जगतमा नयाँ नयाँ वेब ब्राउजर भित्रिएसँगै प्रतिस्पर्धामा टिक्न नसकी सन् २०१२ सम्म आइपुग्दा इन्टरनेट एक्स्प्लोररलाई गुगल क्रोमले पछि पार्यो । इन्टरनेट एक्स्प्लोरर सिक्स निकै असुरक्षित भएको भनि विश्वव्यापी रुपमा कडा आलोचना भएसँगै यो ब्राउजर झनै अलोकपि्रय हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?