Comments Add Comment

मस्कोमा ‘मधुमालतीको कथा’

काठमाडौँ । लघु चलचित्र ‘मधुमालतीको कथा’ ‘डिटेक्टिभ फेस्टफिल्म फेस्टिबल’ मस्कोमा छनोट भएको छ ।

Madhu-malati-ko-kathaयथार्थवादी तथा प्रगतिवादी कथाकार रमेश विकलको कथामा आधारित ‘मधुमालती’को कथा बाल मनोविज्ञानमा आधारित छ ।

हेलो नेपाल फिल्मस् प्रालिको प्रस्तुति रहेको सो लघु चलचित्रमा मदनदास श्रेष्ठ, विष्णुभक्त फुयाँल, मञ्जु श्रेष्ठ, सविता गुरुङ, जिके शर्मा, ध्रुव राई, भरत सिटौला, योगरत्न वज्राचार्यका साथै बाल कलाकार सन्तोष पोखरेल र आयुषा सुवेदीको मुख्य अभिनय छ ।

चलचित्रमा श्याम रायमाझीको छायाङ्कन, वीरेन्द्र विपीनको सम्पादन र निर्देशन सुवास गजुरेलको छ । विनय पोखरेल, विश्वराम विष्ट र धर्मराज पोखरेलले यसलाई निर्माण गरेका हुन् ।

मस्कोमा आगामी वैशाख २देखि ८ गतेसम्म हुने उक्त महोत्सवमा लघु चलचित्र टिभीसिरिज विधामा मनोनयनमा परेको निर्देशक सुभाष गजुरेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment