Comments Add Comment

सैनिकमञ्चमा यसरी मनाइयो घोडेजात्रा (फोटो फिचर)

Ghodejatra-1६ चैत, काठमाडौं । परम्परागत घोडेजात्राको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा अश्वकला प्रदर्शन गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीले टाँगन र चार्जर घोडा दौड प्रस्तुत गरेका थिए ।

शो जम्प, ड्रिल राइड, ग्रुप टेण्ट पेगिङ, साइकल दौड, म्युजिकल राइड, क्रस कन्ट्री जम्पसमेत प्रस्तुत गरिएको थियो ।

म्युजिकल राइडर र शो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो जम्पमा जमदार जगदिश घिसिङ र सेनानी प्रकाश अर्याल क्रमशः प्रथम र द्वितीय भए ।

म्युनिकज राइडरतर्फ सहसेनानी ऋषिकेश न्यौपाने प्रथम तथा सहसेनानी पवन विष्ट दोस्रो भए ।

राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ लगायत विशिष्ट अतिथिहरुको समारोहमा सहभागिता थियो ।

घोडेजात्रा हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो ।

हेर्नुहोस् फोटो फिचर-

Ghodejatra-10Ghodejatra-2 Ghodejatra-9 Ghodejatra-4 Ghodejatra-5 Ghodejatra-6 Ghodejatra-7 Ghodejatra-8
GhodejatraGhodejatra-3तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment