+
+

वैज्ञानिकले बनाए आफै बाटो बताइदिने स्मार्ट जुत्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ९ गते ९:२०

lechal-1-(1)

प्रविधिले हाम्रो जिवनलाई कति सजिलो बनाइदिँदैछ भन्ने कुरा पछिल्लो पटक आइरहेका स्मार्ट ग्याजेटहरुले प्रमाणित गरिरहेका छ । यसैबीच भारतीय अनुसन्धानकर्ताहरुले स्मार्ट जुत्ता बनाएका छन् जसले मानिसलाई हिँड्ने बाटो बताइदिनेछ ।

गएको शनिवार कानपूरस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएको प्रविधि मेला टेककृति २०१५ मा यो स्मार्ट जुत्ता प्रदर्शन गरिएको छ ।

‘ले चल’ ब्राण्डमा निर्मित  यो जुत्ताले खासगरी दृष्टिवीहिन मानिसहरुलाई हिँडडुलमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

smart--shoe

मानिस हिड्नुपर्ने बाटोको लोकेसन यो जुत्तामा सेट गरेर खुट्टामा लगाएर हिँडेपछि जानुपर्ने ठाउँको बाटो भुलिएला भन्ने चिन्ता नगरे हुन्छ । यदि खास बाटो बिराएर गलत बाटोतर्फ लागिएमा यो जुत्ता आफै कम्पन हुनेछ र मानिसलाई गलत बाटोमा लागेको चेतावनी दिनेछ ।

हैदरावादको एक कम्पनीले यो जुत्ताको निर्माण गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । जुत्ता तथा चप्पल दुबै स्वरुपमा उपलब्ध हुने यो स्मार्ट खुट्टे ग्याजेट ब्लुटुथको माध्यमबाट स्मार्टफोनसँग आबद्ध हुनेछ । यो जुत्ताले बाटो पहिल्याइदिने मात्र होइन कति बाटो हिँडिसकियो र त्यति हिँड्दा सरीरको कति उर्जा खपत भयो भन्ने कुरा पनि बताइदिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?