Comments Add Comment

एनसीसी बैंक असारसम्म राष्ट्र बैंकको नियन्त्रणमैै

Ncc-bank९ चैत काठमाडौं । आगामी असार मसान्तसम्म एनसीसी बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमै रहने भएको छ । बैंक पूर्णरुपमा सुधार नभएको भन्दै राष्ट्र बैंकले फेरि चार महिनाका लागि व्यवस्थापन नछाड्ने जनाएको छ ।

२०७० माघ २१ गते राष्ट्र बैंकले एनसीसी बैंकको व्यवस्थापन ‘टेकओभर’ गरेको थियो । सुरुमा छ महिनाको लागि व्यवस्थापन लिएको बताए पनि बैंकको सुधार नभएपछि पटक-पटक समय थप गरी व्यवस्थापनमाथिको नियन्त्रण नछोडेको हो ।

आगामी चार महिनामा बैंकको अवस्था सुधार हुने र लगानीकर्तालाई बैंकको व्यवस्थापन जिम्मा लगाउने राष्ट्र बैंकले जनाएको छ । बैंक सुधार गर्ने, साधारण सभा सम्पन्न गर्ने तथा मर्जर तथा एक्विजिशनमा लैजाने राष्ट्र बैंकको उद्देश्य छ ।

बैंकमा रहेको एनबी समुहको सेयर स्वामित्व घटाउने, सेयर कारोबारमा आएको विवाद सल्टाउने काम जटिल बनेकोले समयमा साधारणसभा गर्न नसकिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकमा अझै एनबी समुह र यससँग सम्बन्धित व्यत्तिहरुको सेयर हिस्सा ३० प्रतिशत रहेको छ । राष्ट्र बैंकले एनसीसी बैंकमा रहेको एनबी समुहको सेयर स्वामित्व घटाउने जनाएको छ । एनबी समुहको सेर स्वामित्व नघटाए फेरी बैंक एनबी समहुकै हातमा जाने र समस्याबाट मुक्त नहुने राष्ट्र बैंकको ठहर छ ।
बैंकको साधारणसमा हुन नसक्दा नसक्दा लगानीकर्तालाई प्रस्ताव गरेको ३८ प्रतिशत बोनस वितरण गर्न सकिएको छैन ।

यो पनि पढ्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment