Comments Add Comment

अग्नि पीडितलाई राहत र बसोवासको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

१० चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ् बजारमा आागलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत र बसोवासको व्यवस्था छिटो मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रेस संयोजक प्रकाश अधिकारीमार्फत् विज्ञप्ति निकालेर उनले पीडितहरुलाई तत्काल राहत, बसोबास र पुनःस्थापनाका कार्यक्रम तुरुन्त आरम्भ गर्न निर्देशन दिएका हुन् ।

उच्च मनोवलका साथ राहत र पुनस्थापना कार्यमा जुट्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सबै राजनीतिक दलका स्थानीय कार्यकर्ता एवं सामाजिक संघसंस्थाहरुलाई कोइरालाले अपिल पनि गरेका हुन् ।

आवासीय क्षेत्रको विकास र भवन निर्माण गर्दा भवन निर्माण संहिताको पालना गरी आगलागी जस्ता आकस्मिक र भयानक घटनाको क्षति न्यूनिकरण गर्नेतर्फ पनि संबन्धित निकायको उनले ध्यानाकृष्ट गराएका छन् ।

प्रधानमन्त्री कोइरालाले अग्नि पीडितहरुप्रति सहानुभूति प्रकट गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्न पनि भनेका छन् ।

Sushil-Koirala-Press-relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment