Comments Add Comment

माछाको भविश्यबाणी: भारत पुग्छ फाइनलमा

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आयोजक अष्ट्रेलिया र भारतमध्ये कस्ले जित्ला भनेर चासो र चर्चा चुलिएको छ । अनेक विश्लेषण र भविष्यवाणी पनि भएका छन् ।

Fish-Chanakya-llयस्तै भविष्यवाणीमा एक माछालाई प्रयोगमा ल्याइएको छ । जसले अष्ट्रेलिया र भारत कुन फाइनलमा पुग्छ भनेर भविष्यवाणी गरिदिएको छ ।

भारतको चेन्नाइमा ‘चाणक्य २’ नाम दिइएको सुनौलो रंगको माछा छ । सो माछाले विहीबारको सेमिफाइनल खेलमा विजयी हुने राष्ट्र भारतलाई चुनेको छ ।

कसरी चुनिन्छ विजेता ?

एउटा ठूलो अक्वेरियम भित्र ‘चाणक्य २’ नाम दिइएको माछा राखिएको छ । त्यो अक्वेरियमको अलिपर दुईवटा स–सना टोकरी तैराइएको छ ।

जसमा प्रतिस्पर्धा गर्ने दुई राष्ट्रका झण्डा ठड्याइएको छ । झण्डा ठड्याइको सो टोकरीमा माछाले खाने चारो हुन्छ । माछाले चारो खान खोज्दा जुन टोकरीलाई झम्टिन्छ, त्यही देश विजेता हुने भविष्यवाणी गरिन्छ ।

विहीबारको खेलमा सो माछाले भारतको झण्डा राखिएको टोकरी छानेकोले भारतीयहरु आफ्नो देशले अष्ट्रेलियालाई पछार्नेमा ढुक्क छन् ।

यसअघिको भविष्यवाणी मिलेको दाबी

यसअघिको पहिलो सेमिफाइनल खेलमा यहि माछाले दक्षिण अफ्रिकालाई न्यूजिल्याण्डले हराउने भविष्यवाणी गरेको थियो ।

भविष्यवाणी मिल्यो र दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्यूजिल्याण्ड फाइनलमा पुग्न सफल भयो । क्वाटर फाइनलका खेलमा पनि यही माछाको भविष्यवाणी मिलेको दाबी गरिएको छ ।

माछाको भविष्यवाणी यसपाली पनि मिल्नेमा कतिपय भारतीय नागरिक मख्ख छन् । तर, फाइनलमा न्यूजिल्याण्डसँग भिड्ने देश को बन्ला त्यो त खेल परिणामलाई नै कुर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment