+
+
Shares

कार्ल्सवर्गले फुटबलर लामबर्टको अटोग्राफ सगरमाथा पुर्‍याउने

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १३ गते १९:३३

Carlsburg-and-Liverpool-Club-2

१३ चैत, काठमाडौं । चर्चित वियर उत्पादक कार्ल्सवर्गले लिभरपुल फुटवल क्लबका चारजना खेलाडीहरुले हस्ताक्षर गरेको बारक्लेज पिमियर लिग अफिसियल फुटबल नेपाल ल्याउने भएको छ ।

कार्ल्सवर्गले ९ नम्बर जर्सी लगाउने रिकी लामवर्ट, २१ नम्बरका डिफेन्सीभ मिडफिल्डर लुकास लिभा, ५० नम्बरका लाजार मार्कोभिक र १० नम्बरका अट्याकिङ मिडफिल्डर फिलिप कोटिन्होले हस्ताक्षर गरेका फुटवल नेपाल ल्याउने भएको हो ।

जसमध्ये रिकी लामबर्टले हस्ताक्षर गरेको प्रिमियर लिगको अफिसियल फुटबल विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुर्‍याउने भएको छ । कार्ल्सवर्ग र लिभरपुल फुटबल क्लबबीच २३ वर्षदेखि साझेदारी रहँदै आएको छ ।

अन्य फोटोग्राफ भएको बलहरुलाई प्रचार-प्रसारमा उपयोग गर्ने कम्पनीले जनाएको छ । गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक फिलिपनोर्लेले लिभरपुलका खेलाडीले हस्ताक्षर गरेको फुटबल प्रर्दशन गर्न पाउनु अभूतपूर्व मौका भएको बताए ।

Carlsburg-and-Liverpool-Club

गोर्खा ब्रुअरीका बजार निर्देशक आशिष विष्टले भने ‘हामी तपाईंहरुको अटोग्राफलाई लिभरपुल फुटबल क्लबका खेलाडीले हस्ताक्षर गरेको बलसँग उचाइमा लैजाने यात्राको थालनी गर्दैछौं ।’

कार्ल्सवर्गका उपभोक्ताले नेपालभरि रहेका दुई हजार आउटलेटमध्ये कुनैपनि आउटलेटमा गई आफ्नो अटोग्राफ दिएर यस क्याम्पियनमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

यो कार्यक्रम बैशाख तेस्रो सातासम्म लागू हुने बताइएको छ । वैशाखको चौथो साता प्रिमियर लिगको फुटबल र समस्त काल्र्सवर्ग प्रेमी उपभोक्ताको अटोग्राफयूक्त ब्यानर सगरमाथाको चुचुरोमा पुग्ने मौका पाउनेछ ।

सगरमाथा आरोहणका लागि पीक प्रोमोसन ट्रेकिङ तथा माउन्टेनियरीङ एजेन्सीसँग सहकार्य गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?